www.supremenewsnepal.com: International
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Showing posts with label International. Show all posts
Showing posts with label International. Show all posts

कारबाहीमा २६ तालिवान मारिए

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:36 PM

काबुल, २९ फागुन । आफगानिस्तानमा त्यहाँको संयुक्त सुरक्षाबलको कारबाहीमा परी बिहीबार कम्तीमा पनि २६ जना तालिवान मारिएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारमा पश्चिमी अफगानिस्तानमा बुधबारदेखि बिहीबार बिहानसम्म जारी राखिएको कारबाहीका क्रममा परी २६ जना तालिवान लडाकूको मृत्यु भएको जनाइएको छ ।
तालिवानहरुले सशस्त्र विद्रोह जारी राखेको अफगानिस्तानको पश्चिमी भागका विभिन्न स्थानमा गरिएको तालिवानविरुद्धको कारबाहीका क्रममा ती लडाकू मारिएका पनि गृह मन्त्रालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको राष्ट्रिय सेना र प्रहरीले गरेको यस कारबाहीमा परी अन्य १७ जना सशस्त्र विद्रोही पनि घाइते भएको जनाएको छ ।
साथै हतियारधारी ११ व्यक्ति पक्राउ परेको गृह मन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । ती स्थानमा अफगान सेनाले कारबाही जारी नै राखेको पनि मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा सेना र नेटोसँगआवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले विगत सन् २००२ देखि नै तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ ।
यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकोले त्यहाँका सुरक्षाकर्मीलाई तालिवानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ ।
अफगानिस्तानमा आगामी अप्रिल महिनामा हुन लागेको राष्ट्रपतीय निर्वाचन बिथोल्नका लागि विभिन्न आक्रामक कारबाही गरिने धम्की त्यहाँका तालिवानहरुले सोमबारै दिएका थिए ।
सो धम्कीपछि अफगानिस्तानमा निकै नै कडा सुरक्षा व्यवस्था गरिएको बताइएको समाचारमा उल्लेख छ । अफगानिस्तानका तालिवानहरुले सोही निर्वाचनलाई केन्द्रित गरी देशका विभिन्न भागमा हिंसा मच्चाउन सुरु गरिसकेका छन् । एजेन्सी

डेंगुबाट एघारको ज्यान गयो, १५ हजार बिरामी

सुभा, २९ फागुन । फिजीमा डेंगु ज्वरोबाट केही हप्तामा नै कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचार छ । साथै सो ज्वरोको प्रकोपबाट त्यहाँका कम्तीमा १५ हजार व्यक्ति विरामी परेका छन् । ती मध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने अधिकांश अस्पतालमै रहेका पनि बताइएको छ ।

फिजीको स्वास्थ्य मन्त्रालयले उक्त प्रकोपलाई कमगर्नका लागि विशेष अभियान पनि सञ्चालन गरेको छ ।
तर पनि फिजीमा केही समययतादेखि यो ज्वरोको प्रकोप बृहत रुपमा बढेको छ । अधिकारीहरुले यसका लागि सञ्चालित अभियानको प्रभावकारिता बढाउन माग गरिरहेका छन् ।

उक्त अभियानका लागि चीन लगायतका देशहरुले फिजीलाई सहयोग पनि गरिरहेका बताइएको छ । यस प्रकोपले महामारीको रुप लिनसक्ने त्रासमा फिजीका अधिकारीहरु रहेका बताइएको छ । एजेन्सी

वामदेवबारे एकमत छौं : एमाले नवौं महाधिवेशन वैसाखमा नहुने

Written By Ram Gurung on Thursday, February 20, 2014 | 11:02 PM

८ फागुन, काठमाडौं ।
 नेकपा एमाले स्थायी कमिटीको बैठकले वामदेव गौतमलाई कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्री बनाउने निर्णयमा अडिग रहने निर्णय गरेको छ ।
सुशील कोइराला नेतृत्वको सरकारमा उपाध्यक्ष गौतमलाई पार्टीको तर्फबाट नेतृत्व गराउने यसअघिको स्थायी कमिटीको निर्णय यथावत राख्दै स्थायी कमिटीले सात बुँदे सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान पुनः दोहोर्‍याएको छ ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको स्थायी कमिटीको बैठकले शनिबार बस्ने केन्द्रीय कमिटीको बैठकका लागि एजेन्डा पनि तय गरेको छ ।
उपाध्यक्ष गौतमलाई सरकारमा पठाउने विषयमा पार्टीका नेताहरुबीच मतभेद र विवाद रहेको कुरा बाहिर आएपछि स्थायी कमिटी बैठकले त्यसबारे कुनै मतभेद नभएको निष्कर्श निकालेको छ ।
‘सरकार निर्माणका लागि कांग्रेससाग भएको ७ बुादे सहमति कार्यान्वयन भएमात्र सरकारमा जाने निर्णय भएको छ’, एमाले सचिव शंकर पोखरेलले भने, ‘वामदेव गौतमलाई सरकारमा पठाउने बारेमा पार्टी भित्र कुनै मतभेद रहेको निष्कर्श पनि निकालिएको छ ।’
उपाध्यक्ष गौतमलाई गृहमन्त्री हुनबाट रोक्न पार्टीकै केही जिम्मेवार नेताहरु लागिरहेको कुरा सञ्चारमाध्यममा आइरहेका बेला स्थायी कमिटीको बैठकले गौतमलाई सरकारमा पठाउने निर्णयबारे नेताहरुले एकमत जाहेर गरेका थिए ।
पार्टीको नवौं महाधिवेशनको मिति वैसाखबाट पछि सार्ने निष्कर्श स्थायी कमिटी बैठकले निकालेको छ । एक महिनाअघि बसेको स्थायी कमिटी बैठकले वैसाख ९ बाट काठमाडौंमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
शनिबार बस्ने केन्द्रीय कमिटीमा बैठकमा महाधिवेशन पार्टीका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको स्मृति दिवस जेठ ३ गते उद्घाटन गर्ने प्रस्ताव लाने निष्कर्श स्थायी कमिटीले निकालेको छ ।
एमालेभित्र पार्टीको नवौं महाधिवेशनअघि देशमा स्थानीय निकायको चुनाव गर्नुपर्ने आवाज सशक्त हुादै गएको छ । पहिले स्थानीय निकायको चुनाव गरेरमात्र पार्टीको महाधिवेशन गर्न कार्यकर्ताबाट पनि दबाब आएपछि महाधिवेशनको मिति पछि सार्ने निष्कर्शमा एमाले पुगेको हो ।
शनिबार बस्ने केन्द्रीय कमिटि बैठकले महाधिवेशनबारे ठोस निर्णय गर्ने बताइएको छ । एमालेले महाधिवेशनका लागि अहिलेसम्म वामदेव गौतमको संयोजकत्वमा विधान मस्यौदा समितिमात्र गठन गर्न सकेको छ । महाधिवेशन आयोजक समिति निर्माणसम्बन्धी निर्णय पनि शनिबार बस्ने केन्द्रीय कमिटि बैठकले टुंगो लाउने बताइएको छ ।

स्थानीय समाचार

See More News »

राष्ट्रिय समाचार

See More News »
 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi