www.supremenewsnepal.com: Uncatagorized
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Showing posts with label Uncatagorized. Show all posts
Showing posts with label Uncatagorized. Show all posts

निशुल्क टिकटमा फुटबल हेर्दा कार/मोबाईल पर्ने

Written By नवराज "अटल" on Tuesday, May 6, 2014 | 3:43 PM

नवराज वि.क,दोहा (कतार)- कतारको  अलसाद   रंगाशालामा खेल हेर्न आउने दर्शकहरुका लागी लक्की ड्र मार्फत टोयटा कार एक जनालाई साथमा ३० थान मोबाईल लगायत अन्य विविध उपहार पाउने भएका छन ।

नजिकिदै गरेको २०२२ को विश्वकपको यात्राउन्मुख रहेको कतारमा खेलकुदलाई निकै महत्व दिदैं आइरहेको छ । कतारको स्थानिय क्लब अलअहली र अल सैलिया बिच आगमी शनिबार १० मे का दिन वेलुका ५:१५ मा अलसाद रंगाशालामा प्रतिस्पर्धात्मक खेल हुने भएको हो ।

 खेलमा नेपाली दर्शकहरुको लागी समेत निशुल्क प्रवेश तथा पहिला आउनेहरुको आधारमा प्राथमिकता दिईने भएको छ । कतारको स्थानिय समय अनुशार दर्शकहरुको लागी प्रवेशद्वार बेलुका ४ः०० बजे बाट नै खुल्ला गरिने आयोजकले जानकारी दिएको छ ।

कतारमा नेपालीहरु फुटबल खेल प्रति निकै बढि प्रशंसक रहेका छन्  हामीले नेपाल र कतार बिचको खेलकुद सम्बन्धलाई अझ मजवुद बनाउन र नेपाली समुदाय र स्थानिय क्लवहरु विच सकरात्मक सम्बन्ध स्थापित रहने समाजसेवी रामहरी गैरेले बताएका छन ।

उक्त अबसर अलअहली क्लब निकट रहेर नेपाली समुदाय संग समन्वयकारी भुमिका चितवन युवा समुह दोहा, कतारले गर्दै आईरहेको छ । चितवन युवा समुहले यस भन्दा अगाडीको खेलहरुमा समेत उल्लेखनिय नेपाली दर्शकहरुलाई खेल हेर्न वातावरण मिलाउँदै आईरहेको  छ भने केही हप्ता अगाडि अलअरबी स्र्पोटस कल्बमा नेपाल र फिलिपिन्सको मैत्रीपूर्ण खेलमा नेपाल बाट ख्यातिप्राप्त कलाकार मिलन अमात्य ,प्रेमराजा महत र मिलन लामा लाई आमन्त्रण गरी झन्डै १० हजार भन्दा बढि नेपालीलाई एकै ठाँउमा सहभागी गराउन समेत सफल रहेको थियो ।

आउँदो शनिबार सम्पन्न हुन गइरहेको  यस  अलअहली कल्ब र अलसैलिया बिचको खेल हेर्न वा विस्तृत जनकारीका लागी आयोजकले विभिन्न व्यक्तिहरु थ्प जानकारीका लागी जानकारी लिना पनि सक्ने आयोजकले बताएको छ  ।

सम्पर्क व्यक्तिहरु
रामहरी गैह्रे(५५८३६१८९)सँग सम्पर्क गर्न सकिने छ ।साथै अन्य गतिविधि जनकारीको लागी चितउन युवा समुहका भूमिराज कार्की ७००५००६८, रामबाबु थापा ५५८७९३४८, अमर श्रेष्ठ ७०३३४४०६, इश्वर पौडेल ५५६६४७३१, बिष्णु रेग्मी ३३९१४८००, राम श्रेष्ठ ७००५५४४७, होमनाथ पौडेल ७०१२७००१, समीर खत्री ६६६४०२४१ लाई सम्पर्क गर्न सकिन्छ ।

डिभी र पिआर लिने कर्मचारीमाथि कारबाहीको तयारी

Written By नवराज "अटल" on Saturday, March 15, 2014 | 3:42 PM

काठमाडौं, १ चैत । सरकारले विभिन्न देशका डाइभर्सिटी भिसा (डिभी) र पर्मानेन्ट रेजिडेन्स (पिआर) लिएका कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
त्यस्ता कर्मचारीको सूची बनाएर सुरुमा जगेडामा राखेर कारबाही प्रक्रिया थाल्ने सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिअार लिएर बसेकामा राष्ट्रिय भावना खण्डित हुने र उनीहरुबाट जनहितका काम पनि नहुने भन्दै कारबाही प्रक्रिया थालेका हुन् ।
यस्ता कर्मचारीको तथ्यांक संकलन गर्न मन्त्री पण्डितले मन्त्रालयका सचिवसहित प्रशासनिक नेतृत्वलाई निर्देशन दिएका छन् ।
डिभी र पिआर लिनेमा निजामती र प्रहरी सेवामा बढी तथा उच्चस्तरका कर्मचारी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।
उनीहरुले डिभी र पिआर परित्याग नगरे जागिरबाटै निष्कासन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । यसका लागि आवश्यक परे ऐन-नियम नै संशोधन गर्ने तयारीसमेत मन्त्रालयको छ ।

भारतीय सवारीमा कडाइ गरेपछि आपराधिक घटनामा कमी

गौशाला, १ चैत । भारतीय सवारीमा कडाइ गर्न थालेपछि महोत्तरी जिल्लामा आपराधिक घटना र बढ्दो लागुऔषध ओसारपसार नियन्त्रणमा सहयोग पुगेको प्रहरीले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानबाट केही दिनदेखि दैनिक दर्जनभन्दा बढी सवारी नियन्त्रणमा लिई छानबिनपछि प्रहरीले छाड्ने गरेको छ । छानविनका क्रममा केहीलाई अनुसन्धानको दायरामा समेत राखिएको छ ।
भारतीय नम्बर प्लेटको सवारी चढेर आउने र घटना गराएर सवारी नै छाडेर भाग्ने प्रवृत्तिले जिल्लामा थप समस्या आएकाले भारतीय नम्बर प्लेटका शङ्कास्पद सबै गाडीलाई नियन्त्रणमा लिएर छानबिनपछि मात्र छाड्ने गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयोे ।
ट्राफिक प्रहरीको सहयोगमा यस्ता सवारीको लगत राख्न थालेपछि आपराधिक घटना र लागुऔषध ओसारपसारमा कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संविधानसभा निर्वाचनपछि जिल्लाको अवस्था खुकुलो पारिएको थियो । तर अवाञ्छित तत्वले यसलाई दुरुपयोग गर्न थालेपछि पुनः कडाइ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

मूल्यवृद्धिको विरोधमा ५ गते उपत्यका बन्द

काठमाडौँ, १ चैत । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौँ उपत्यका बन्दको घोषण गरेका छन् ।
अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा सत्तारुढ नेपाली काँग्रेस तथा एमालेसहित विभिन्न दलका १३ विद्यार्थी संगठनको आज बसेको बैठकले बन्दसहितको विरोध कार्यक्रम गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता यू पी लामिछानेले बताउनुभयो ।
मूल्यवृद्धिको विरोधमा आजै दिउँसो उपत्यकामा प्रदर्शन गर्ने, मूल्यबृद्धि फिर्ता लिन माग गर्दै भोलि आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सोमबार र मंगलबार सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने र क्याम्पसअगाडि धर्ना दिने तथा बुधबार देशब्यापी मसाल जुलुस निकाल्ने निर्णय गरेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको हिजो शुक्रबाकाे बैठकले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६-६ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

स्याङ्गजा सहयोग समाजले नवौं वाषिर्कोत्सव मनायो

घनस्याम पराजुली (कृष्ण),दोहा – स्याससको चाहाना , विशुद्ध सामाजिक सेवाको भावना भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको स्याङ्गजावासहिरुको साझाँ संस्था स्याङ्गजा सहयोग समाज कतारले नवौं वार्षिकोत्सव बृहत सांगितिक कार्यक्रमका साथ कतारको रमणिय स्थल समालको जुवारामा भव्यताका साथ सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामु बस्यालले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथी नेपाली दुतावास कतारका श्रम सहचारी ईन्द्रदेव पाण्डे रहेका थिए । पाण्डेले स्याङ्गजाका हरेक गतिबिधीलाई नजिकबाट नियाल्ने अवसर पाएकोमा खुसी प्रकट गर्दै कतारमा दुख झेलिरहेका नेपालीहरुको समस्या समाधानका लागी दुतावास सँग सबै संघ संस्थाहरु सहकार्य गर्दै अघाडी बढ्नुपर्ने बताए । संघ संस्थाहरु र दुतावासको सहकार्य भएमा मात्र नेपालीहरुका आम समस्या बुझ्न र त्यसको कार्य सम्पादनमा सहज हुने बताउदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका अतिथी एनआरएन आईसिसीका उपाध्यक्ष टि.बी. कार्किले संस्थाका विभिन्न सामाजिक कार्यलाई स्थापनाकाल देखीनै बुझ्दै आएको र संस्थाको बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेर सबैसँग दुःख सुख बाड्ने अवसर मिलेकोमा धन्यवाद प्रकट गर्दै शुभकामना दिए । अतिथी संस्थाका संस्थापक उपाध्यक्ष तथा एनआरएनए मध्यपुर्व सह–संयोजक पुर्ण के.सी.ले संस्थाको स्थापनाकाल देखी आजसम्मका गतिबिधीलाई स्मरण गर्दै एनआरएनएमा स्याङ्गजाको उल्लेख्य सहभागीताका साथै महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रमका सभापती बस्यालले कार्यक्रम भव्यताका साथ सफल बनाउनका लागी विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै कार्यक्रममा सहभागीहरु प्रती आभार प्रकट गरे ।

 संस्थाका सचिव चिरन्जीवी ढकालले सन्चालन गरेको कार्यक्रमलाई प्रथम उपाध्यक्ष गोप सुनारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशेष अतिथिहरु एनआरएनए आईसिसी सदस्य अमृत गुरुङ्ग,एनआरएनए कतारका उपाध्यक्ष कुमार कार्की, संस्थापक अध्यक्ष राजेशदर्शन अर्याल,संस्थापक सचिव कमल न्यौपाने, पुर्व अध्यक्ष गुरुनारायण रानाभाट, प्रमुख सल्लाहकार टुकराज अर्याल, जनसम्पर्क समितीका सभापती बिमल सुबेदी , प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष चानक पोख्रेल, जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, झापाली सम्पर्क मञ्चका अध्यक्ष चुडामणि कार्की ,स्याङ्गजा सम्पर्क मञ्चका अध्यक्ष तथा सल्लाहकार भेषराज पराजुली,स्यासस अन्तराष्ट्रिय सम्न्वय समितीका सचिव हरि अर्याल, महिला सल्लाहकार लोकमाया क्षेत्रि ,पत्रकार महासंघ कतारका अध्यक्ष रवि रोषी,मातृभुमिका लागी युवा अभियान कतारका अध्यक्ष केवि हमाल,व्यवसायी आरे शर्मा , बुद्धिजिवी कमलमणी गुरागाँई, गल्फ कान्तिपुरका होम कार्की, राजधानी साप्ताहिकका प्रेम लामा लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,संस्थाका सल्लाहकार , ईकाइृ तथा विभागका प्रमुखहरु साथै उल्लेख्य मात्रामा स्याङ्गजावासहिरुको सहभागिता रहेको थियो । उपस्थित अतिथीहरुद्धारा शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको कामना गरे ।
 दिप प्रज्वलन , राष्ट्रिय गान साथै वार्षिकोत्सवको केक काटेर उद्घाटन गरिएको कार्यक्रमलाई नवप्रतिभा साँस्कृतिक परिवार, गायक धुब्र बि.सी., गायिका ईन्दिरा शाह साथै पन्चेबाजाद्धारा कार्यक्रमका सहभागीहरुलाई पुर्ण मनोरन्जन प्रदान गरेको थियो । नेपाली पन्चेवाजामा सहभागीहरुको नृत्यले कार्यक्रमलाई थप रौनक थपेको थियो ।

 स्याङ्जा सहयोग समाज कतारले विगत सन् २००५ देखी प्रवासमा यस्तै साँस्कृतिक तथा परोपकारी कामहरु गर्दै आएको छ । यस संस्थाले कतारमा दुःख पाउने पिडीतहरु , दुर्घटना परि ज्यान गुमाएका परिवारको सहयोगका लागी , नेपालमा शिक्षा,खेलकुद तथा धार्मिक क्षेत्रका उल्लेख्य सहयोग गर्दै आईरहेको छ । नेपाली दुतावास , गैर आवासिय नेपाली संघ तथा कतारमा स्थापित विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै हरेक गतिबिधीहरुमा सहभागी भई यस संस्थाले प्रवासमा छुट्टै अस्थित्व स्थापित गरेको छ । विभिन्न देशहरुमा छरिएर रहेका प्रवासी स्याङ्गजावासीहरुलाई एकजुट बनाउने उद्धेश्य अनुरुप जिल्लामा अन्तराष्ट्रिय सम्न्वय समिती क्रियाशिल छ साथै मानविय कार्यमा सहयोग गर्ने उद्धेश्य अनुरुप जिल्लामा रु १५ लाखको अक्षयकोष स्थापना गरेकोे छ ।  





 

कारबाहीमा २६ तालिवान मारिए

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:36 PM

काबुल, २९ फागुन । आफगानिस्तानमा त्यहाँको संयुक्त सुरक्षाबलको कारबाहीमा परी बिहीबार कम्तीमा पनि २६ जना तालिवान मारिएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारमा पश्चिमी अफगानिस्तानमा बुधबारदेखि बिहीबार बिहानसम्म जारी राखिएको कारबाहीका क्रममा परी २६ जना तालिवान लडाकूको मृत्यु भएको जनाइएको छ ।
तालिवानहरुले सशस्त्र विद्रोह जारी राखेको अफगानिस्तानको पश्चिमी भागका विभिन्न स्थानमा गरिएको तालिवानविरुद्धको कारबाहीका क्रममा ती लडाकू मारिएका पनि गृह मन्त्रालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको राष्ट्रिय सेना र प्रहरीले गरेको यस कारबाहीमा परी अन्य १७ जना सशस्त्र विद्रोही पनि घाइते भएको जनाएको छ ।
साथै हतियारधारी ११ व्यक्ति पक्राउ परेको गृह मन्त्रालयले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । ती स्थानमा अफगान सेनाले कारबाही जारी नै राखेको पनि मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा सेना र नेटोसँगआवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले विगत सन् २००२ देखि नै तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ ।
यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकोले त्यहाँका सुरक्षाकर्मीलाई तालिवानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ ।
अफगानिस्तानमा आगामी अप्रिल महिनामा हुन लागेको राष्ट्रपतीय निर्वाचन बिथोल्नका लागि विभिन्न आक्रामक कारबाही गरिने धम्की त्यहाँका तालिवानहरुले सोमबारै दिएका थिए ।
सो धम्कीपछि अफगानिस्तानमा निकै नै कडा सुरक्षा व्यवस्था गरिएको बताइएको समाचारमा उल्लेख छ । अफगानिस्तानका तालिवानहरुले सोही निर्वाचनलाई केन्द्रित गरी देशका विभिन्न भागमा हिंसा मच्चाउन सुरु गरिसकेका छन् । एजेन्सी

डेंगुबाट एघारको ज्यान गयो, १५ हजार बिरामी

सुभा, २९ फागुन । फिजीमा डेंगु ज्वरोबाट केही हप्तामा नै कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचार छ । साथै सो ज्वरोको प्रकोपबाट त्यहाँका कम्तीमा १५ हजार व्यक्ति विरामी परेका छन् । ती मध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने अधिकांश अस्पतालमै रहेका पनि बताइएको छ ।

फिजीको स्वास्थ्य मन्त्रालयले उक्त प्रकोपलाई कमगर्नका लागि विशेष अभियान पनि सञ्चालन गरेको छ ।
तर पनि फिजीमा केही समययतादेखि यो ज्वरोको प्रकोप बृहत रुपमा बढेको छ । अधिकारीहरुले यसका लागि सञ्चालित अभियानको प्रभावकारिता बढाउन माग गरिरहेका छन् ।

उक्त अभियानका लागि चीन लगायतका देशहरुले फिजीलाई सहयोग पनि गरिरहेका बताइएको छ । यस प्रकोपले महामारीको रुप लिनसक्ने त्रासमा फिजीका अधिकारीहरु रहेका बताइएको छ । एजेन्सी

वासुलिङ्ग सुगर मिल पुनःसञ्चालन गर्ने प्रयास हुनेछ ः उद्योग मन्त्री थापा

धनगढी, २९ फागुन । उद्योग मन्त्री कर्णबहादुर थापाले कैलालीको चुहा गाविसस्थित बन्द अवस्थामा रहेको वासुलिङ्ग सुगर मिल पुनःसञ्चालनका लागि आफूले पहल थाल्ने बताउनुभएको छ ।
बुधबार सुगरमिलको निरीक्षणका क्रममा मन्त्री थापाले मिल सञ्चालनको विषयलाई सरकारको आर्थिक नीति तथा कार्यक्रममा समेटेर पुनः सञ्चालनको पहल गर्ने अश्वासन दिनुभयो ।
त्यस अवसरमा उपस्थित स्थानीय कृषकले सुगरमिल सञ्चालनका लागि सहयोग गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए ।
विसं २०५४ मा स्थापना भई केही वर्षसम्म चिनी उत्पादन गरेको यो मिल तत्कालीन द्वन्द्वलगायतका कारण विसं २०५८ देखि बन्द हुन पुगेको थियो । उद्योग मन्त्रालयको एक टोलीले केही वर्षअघि उक्त मिलको वस्तुस्थिति सम्बन्धमा अध्ययनसमेत गरेको थियो ।
मिल बन्द भएपछि किसानबाट खरिद गरिएको उखुबापतको झन्डै रु तीन करोड भुक्तानी दिन बाँकी रहेको बताइएको छ । बन्दले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका सयाँै व्यक्ति बेरोजगार भएका छन् । रासस

झापामा प्रवेशिका परीक्षा दिनबाट एक हजारभन्दा बढी वञ्चित

काँकडभिट्टा (झापा), २९ फागुन । झापामा आगामी चैत ६ गतेदेखि हुने एसएलसी परीक्षामा एक हजार १४३ जना विद्यार्थी हाजिरी नपुगेका कारण परीक्षा दिनबाट वञ्चित हुने भएका छन् ।
कक्षा १० मा ७५ प्रतिशत हाजिरी नपुगेका र बीचमै पढाइ छाडेका कारण उनीहरू परीक्षाबाट वञ्चित हुने भएका हुन् । शिक्षा नियमावलीअनुसार ७५ प्रतिशत हाजिर पुगेका र नियमित विद्यार्थीलाई मात्र परीक्षामा सामेल गराउने भन्ने प्रावधानले यी विद्यार्थी एसएलसी दिनबाट वञ्चित हुने भएका हुन् ।
झापामा यस पटक दुई वटा परीक्षा केन्द्र थप गरेर जम्मा ५० वटा पु¥याइएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी नियमिततर्फ १२ हजार २३३ परीक्षार्थी रहेका छन् भने एक्जाम्टेडतर्फ तीन हजार ४०८ विद्यार्थी सहभागी हुनेछन् । विद्यालय निरीक्षक सुरेन्द्र दाहालका अनुसार भुटानी शरणार्थीहरुले बीचैमा विद्यालय छाड्ने र विदेशमा पुनःस्थापनामा जाने भएकाले यस पटक धेरै जना परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
उहाँले परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै विद्यालयमा पु¥याइसकेको बताउनुभयो । रासस

स्थानीय निकायको निर्वाचन तत्काल नगर्न माग

काठमाडौँ, २९ फागुन । एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीले स्थानीय निकायको निर्वाचन नयाँ संविधान निर्माण भएपछि मात्र गर्नुपर्नेमा जोड दिएका छन् ।
दुवै दलका शीर्ष नेताहरु सम्मिलित बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा अन्तरिम संविधानको धारा १३८ ले गरेको व्यवस्थाअनुसार राज्यको अग्रगामी पुनःसंरचनालाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइएको छ ।
केही दिनयता सरकारमा रहेका कतिपय मन्त्री र दलका नेताहरुद्वारा जेठ महिनामा स्थानीय निर्वाचन गर्ने भनी दिइएको अभिव्यक्तिप्रति ध्यानाकृष्ट भएको जनाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले सङ्घीय संविधान नबन्दै सङ्क्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ सङ्घीय संविधान निर्माणमा गम्भीर प्रश्न उठेको बताउनुभएको छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्तरिम संविधान–२०६३ को धारा १३८ विपरीत हुने भएकाले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस् भनी हामी सम्बद्ध सबै पक्षसँग जोडदार आग्रह गर्दछौँ ।”
उहाँहरुले बृहत् शान्ति–सम्झौताको मर्म र भावना विपरीत राज्य पक्षद्वारा जनयुद्धकालीन मुद्दाहरुलाई ब्युँताई दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दमन–धरपकड गर्ने र कारागारमा राख्ने काम भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो सम्झौताअनुसार सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग बनाएर समस्या समाधान गर्न तदारुकता देखाउन माग गर्नुभएको छ ।
उहाँहरुले युद्धकालीन मुद्दा ब्युँताउने कामको विरोध एवम् भत्र्सना गर्दै त्यस्ता क्रियाकलाप अविलम्ब रोक्न तथा गिरफ्तार गरिएकालाई रिहाई गर्न सरकारसँग माग गर्नुभएको छ । रासस

खेतमा लुकाइएको ११० किलो चरेस बरामद

वीरगन्ज, २९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले लालपर्सा गाविसबाट आज ११० किलो प्रतिबन्धित लागुऔषध चरेश बरामद गरेको छ ।
उक्त गाविसमा चरेश लुकाएर भण्डारण गरिएको भनी प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले सो गाविस–७ स्थित एउटा खेतमा परालभित्र लुकाई राखिएको अवस्थामा ११० किलोग्राम चरेश बेवारिसे अवस्थामा बरामद गरेको हो ।
बरामद गरिएको चरेश कसले र किन लुकाएर राखेको हो भन्नेबारे अनुसन्धान थालिएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभयो ।
यसैगरी, वडा प्रहरी कार्यालय श्रीपुरले १६० लिटर घरेलु मदिरासहित दुई जना महिलालाई गएराति वीरगन्ज उपमहानगरपालिका–१६ श्रीपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बासामडी–१ का कान्छीमाया लामा र माया लामा रहेका छन् । सिटी राइट बसमा लुकाएर ल्याइँदै गर्दा प्रहरीले उक्त परिमाणको मदिरासहित ती दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका मदिरासहित दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय वीरगन्जमा पठाइएको छ ।
यसैबीच, सिरहाको जमदह र मुक्सार गाविसको सीमा गागन खोलामा आज बिहान १ः३० बजेतिर गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।
प्रतिबन्धित लागुऔषध गाँजा बोकेर भारततर्फ बेच्न लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा गाँजा तस्करको नाका ढुकेर बसेका सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान भएको गोलबजारस्थित सशस्त्र प्रहरी बल बेस क्याम्पका प्रमुख प्रहरी निरीक्षक लीलाबहादुर कार्कीले जानकारी दिनुभयो ।
गाँजा बोकेर आइरहेको तस्करलाई अगाडिबाट घेरा हालेपछि पछाडि रहेका तस्करले एक राउन्ड नलकटुवा पड्काएका थिए । त्यसको जवाफमा आफूहरुले पनि दुई पटक गोली चलाएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
गोली हानाहानमा मानवीय क्षति नभएको जनाइएको छ । प्रहरीले जवाफी प्रहारपछि तस्करहरु गाँजा छोडेर भागेका थिए । तस्कर भागेपछि घटनास्थल क्षेत्रमा खोजतलास गर्दा एक थान नलकटुवा, त्यसमा लाग्ने एक थान गोली र आठ किलोग्राम गाँजा फेला परेको बताइएको छ । तस्कर भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
रातिको समय भएकाले तस्करको खोजी गर्न नसकिएको निरीक्षक कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच जनाको सङ्ख्यामा रहेका तस्करमध्ये अगाडि आउनेलाई छेक्यौँ । पछाडिबाट आउने फायर गर्दै भागे ।” पछाडि रहेका तस्करले भने आफूसँगै गाँजा बोकेर भागेको हुनसक्ने कार्कीले उल्लेख गर्नुभयो ।
यो वर्ष जिल्ला प्रहरी कार्यालय सिरहाले चलाएको गाँजा फँडानी अभियानअन्तर्गत जिल्लाका विभिन्न गाविसमा २२ बिघाभन्दा बढी जमिनमा लगाइएको गाँजा फँडानी गरेको थियो । रासस

सप्तरीमा दाइजो लिनेसँग अदालतले लियो ढेड लाख धरौटी

Written By नवराज "अटल" on Wednesday, March 5, 2014 | 3:25 PM


nepali-money-rupesसप्तरी, २१ फागुन । सप्तरी जिल्ला अदालतले दाइजोबापत नगद र गरगहना लिने यहाँका एक आरोपितसँग एक लाख ५० हजार धरौटी लिएको छ । सप्तरीको पत्थरगाढा गाविस–६ का ४५ वर्षीय राजकुमार साहसँग मङ्गलबार अदालतले धरौटी रकम लिएरमात्र पुर्पक्षका लागि रिहा गरेको छ ।
जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशमा आरोपित साह एक लाख ५० हजार धरौटीमा रिहा भएका छन् भने निजका बुबा ६२ वर्षीय विन्दु साह साधारण तारेखमा रिहा भएका छन् । राजकुमारका छोरा सन्तोषकुमार साह भने हालसम्म फरार रहेका छन् ।
आरोपित राजकुमारले २५ वर्षीय छोरा सन्तोषसँग सिम्राहा सिङ्ग्यौन गाविस–७ का जगतकिशोरकी छोरी २२ वर्षीया आरतीकुमारी साहसँग बिहे गर्न भनी बिहे अगावै दाइजो लिएका थिए । दाइजो लिनेहरुविरुद्ध जगतकिशोरले गत जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितद्वयलाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको थियो ।
राजकुमारले राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकमा आफ्नो नाममा रहेको बचत खाता नम्बर २१८००३३९८३१० मा ०६९ साल चैत २० गते एक लाख ५० हजार जम्मा गराउन लगाएका थिए । आरोपितहरुले ०६९ साल चैत २५ गते दाइजोस्वरुप थप रकम, मोटरसाइकल र सुन माग्दै नदिए बिहे हुँदैन भनेर लिएको रकमसमेत फिर्ता नगरेपछि पीडित पक्षले प्रहरीमा मुद्दा चलाएको थियो ।

२६ जनाको मनोनयन छिट्टै हुन्छ : उप्रधानमन्त्री सिंह



prakash-man-singhपाल्पा, २१ फागुन । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले केहीदिन भित्रै संविधानसभामा २६ जनाको मनोनयन हुने बताएका छन् । उनले प्रधानमन्त्री म्यानमारबाट फर्के लगत्तै छलफल सुरु हुने र टुंगो लाग्ने बताउनु भयो ।
पाल्पामा बुधबार बिहान प्रेस युनियनले गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले २६ जनामा विज्ञ र समावेशिता मिलाउने उल्लेख गरे । प्रतिबद्धता गरिएकै अनुसार अबको साढे १० महिनामा संविधान जारी हुने मन्त्री सिंहको भनाई छ ।
विगतको संविधानसभा एकिकृत माओवादीका कारण असफल भएको दावी गर्दै मन्त्री सिंहले अब कांग्रेस–एमाले सहमतिका आधारमा संविधान जारी गर्ने बताए । ‘सहमतिबाट संविधान सम्भव नदेखिए बहुमतिय प्रक्रियाबाट पनि संविधान जारी गरिने छ’ उनले भने ।
शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्ने दायित्व पनि यो सरकारका रहेको बताउदै मन्त्री सिंहले स्थानियको निर्वाचनका लागि आवश्यक ऐन कानुन संसोधनको प्रक्रिया पनि सुरु भइसकेको जानकारी दिए ।

बेपत्ताको अवस्था पत्ता लगाउन माग गर्दै प्रजिअलाई ज्ञापनपत्र

Written By नवराज "अटल" on Monday, March 3, 2014 | 3:39 PM

१९ फागुन, काठमाडौं । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले बेपत्ता नागरिकको स्थिति तत्काल पत्ता लगाउन माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमलाई ज्ञापनपत्र बुझाएका छन् ।

 समाजका केन्द्रीय अध्यक्ष एकराज भण्डारीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री कार्यालयमा सो ज्ञापनपत्र बुझाइदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौतमले समाजका ५५ जिल्ला शाखाका जिल्ला अधिकारीबाट ज्ञापनपत्र आइसकेपछि जतिसक्दो छिटो प्रधानमन्त्री कार्यालयमा बुझाउने प्रतिबद्धता व्यक्त गरे ।

 समाजका मागहरुमा बेपत्ता नागरिकको तत्काल सार्वजनिक गर्नुपर्नेसहित, बेपत्ता, घाइतेको योगदानलाई सम्मान गर्दै संस्थागत गर्नुपर्ने, तिनीहरुका परिवारमा अभिभावकत्व राज्यले ग्रहण गरी शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्नुपर्ने र बेपत्ता पार्नेमा संलग्न दोषीलाई सरकारले कारबाही गर्नुपर्ने रहेको छ ।

समाजका अध्यक्ष भण्डारीले आजै आˆना ५५ वटा जिल्ला शाखाबाट सो जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र प्रमुख जिल्ला अधिकारीहरुमार्फत ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा बुझाउने कार्यक्रम रहेको र सोही कार्यक्रमअनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको बताए । रासस

कुलो सञ्चालनमा नआउँदा कृषि उपजको लागत बढ्यो


कञ्चनपुर, १९ फागुन । कञ्चनपुरको चुरेफेदीस्थित कृष्णपुर–१ सुन्दरीफाँटामा रहेको कुलो सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
चार दशकअघि सो कुलो निर्माण गरिएको थियो । १० किलोमिटर टाढाको ओदाली खोलाबाट खनेर ल्याइएको कुलो मर्मत हुन नसक्दा यहाँका बासिन्दाले सिँचाइ सुविधाबाट वञ्चित रहनु परेको हो । कुलो मर्मतका लागि आर्थिक अभाव भएकाले कुलो सञ्चालनमा ल्याउन नसकिएको स्थानीय मायाराम चौधरीले बताउनुभयो ।

“कुलो खनिएको ठाउँ भएर पूरै नदी जग्गा कटान गर्दै बग्न थालेपछि जग्गा बचाउनका लागि बाँध बाँधेर कुलो बन्द गरेका छौँ”–उहाँले भन्नुभयो । कुलो पक्की गर्न नसक्दा कुलो गहिरिएर पूरै नदी कुलोमै बग्न थालेको र सिँचाइभन्दा बालुवा र माटो ल्याएर खेत पुर्ने तथा कटान गरी जग्गा बगाउन थालेकाले कुलो नै बन्द गर्न बाध्य हुनुपरेको स्थानीय रामकुमार चौधरीले बताउनुभयो ।

“कुलो पक्की बनाउनका लागि विभिन्न सरोकारवाला संस्था र सरकारी निकायमा पुग्दासमेत सहयोग पाउन सकेका छैनौँ”–उहाँले भन्नुभयो । सिँचाइ कुलो बन्द भएपछि यहाँ बसोबास गर्दै आएका १५० परिवार मर्कामा परेका छन् भने कुलोको अभावमा पम्पसेट जडान गरी खेतमा सिँचाइको व्यवस्था गर्दै आएका छन् ।
पम्पसेट सञ्चालनका लागि इन्धनको व्यवस्था गर्नुपर्ने भएकाले कृषिउपजको लागत बढे पनि बजार मूल्य नपाउँदा समस्यामा परेको स्थानीय कृषक गयाप्रसाद चौधरीले बताउनुभयो ।

 दोमट माटो रहेको यो क्षेत्र तरकारीखेती र अन्न उत्पादनका लागि जिल्लामै अग्रणी मानिन्छ । यहाँ थारू समुदायका बासिन्दाको बसोबास रहेको छ । कुलो २०३० सालमा स्थानीय कृषकको श्रमदानमा निर्माण गरिएको थियो । झन्डै ३ सय बिघा खेतमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले कुलो निर्माण गरिएको थियो ।

अर्घाखाँची कतारको विदाई कार्यक्रम

Written By नवराज "अटल" on Sunday, March 2, 2014 | 3:33 PM

भुवन के.सी. कतार -अर्घाखाची सेवा समाज कतारले आफना एक सचिवालय सदस्यलाई विधिवत विदाई गरेको छ । सस्थाका सचिवालय सदस्य अर्घाखाँची खनदह गाविस वार्ड नं ८ सुगापोखरी निवासी बाबुराम कोइरालालाई फेरि कतार नआउने गरि नेपाल जान लागेको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । 
 
अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र प्रथम उपाध्यक्ष भुवन केसीको स्वागत एवं शुभकामना मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा संस्थाका सचिवालय सदस्यहरुको उपस्थिति थियो । विगत लगभग ८ बर्ष देखि कतारको राजधानी दोहामा कार्यरत कोइराला अवको केहि दिन पछि नेपाल जादै हुनुहुन्छ, सस्थामा लामो समय देखि सामाजिक क्षेत्रमा सक्रियरुपमा लाग्नुभएका कोइरालालाई उपस्थित पदाधिकारीहरुले शुभकामना एवं विदाईका मन्तव्य व्यक्त गरेका थिए ।
 
मन्तव्यको क्रममा बोल्दै अध्यक्ष पाण्डेले सस्थालाई क्रियाशिल बनाएर अघि बढाउनमा कोइरालाको महत्वपूर्ण स्थान रहेको बताउनुभयो, कतार बसाईको क्रममा सिकेका सिपलाई नेपालमा लागु गर्न सस्थागत तथा व्यक्तिगत सम्वन्धलाई सधै निरन्तरता दिनुहोला भन्ने सुझाव दिदै अध्यक्ष युवराज पाण्डेबाट दोसल्ला एवं प्रशसापत्रद्धारा सम्मान गरिएको थियो ।
 
सस्थाका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा, सचिवालय सदस्य प्रकाश पराजुली लगायतले कोइरालाले पुराएको योगदानको चर्चा गर्दे आउने दिनहरुका पनि सामाजिक सम्वन्ध कायय होस भन्दै शुभकामनारुपी मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव केदारनाथ भुसालले पनि कार्यक्रम सन्चालनकै क्रममा विदाई एवं शुभकामनारुपी सन्देश दिनुहुदै आउदो मार्च ७ मा गैरआवासिय नेपाली सघं कतार च्याप्टरले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागि बन्न सवै जिल्लाबासी लगायत सवैमा हार्दिक अनुरोध समेत गर्नुभएको थियो ।
१८ फागुन, काठमाडौं । बेलायतका अन्तर्राष्ट्रिय विकासम न्त्री एलन डङ्कन तीन दिने भ्रमणको सिलसिलामा सोमबार काठमाडौँ आउँदैछन् ।
भ्रमणका क्रममा उनले नेपालको गरिबी न्यूनीकरण र आर्थिक विकासमा बेलायत सरकारको सहयोग र साझेदारीका प्रयासको समीक्षा र भावी सहयोगबारे छलफल गर्नेछन् ।
Alan_Duncanयस्तै, सन् ०१५ मा नेपाल-बेलायत कूटनीतिक सम्बन्धको द्विशतवाषिर्की मनाउने विषयमा पनि उनले छलफल गर्नेभएका छन् । डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिएफआइडी)का नेपाल प्रमुख डा. गेइल मार्जेटीले मन्त्री डङ्कन नेपालको शान्ति प्रक्रियामार्फत् यहाँको प्रगति हेर्न र यसमा बेलायतको सहयोग जारी राख्न उत्सुक रहेको बताए ।
नेपालस्थित बेलायती दूतावासका अनुसार भ्रमणका क्रममा मन्त्री डङ्कनले प्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलका नेता र निजी क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् ।
उनले बेलायतको गोर्खा सामाजिक सेवाअन्तर्गत कास्कीमा सञ्चालित ग्रामीण खानेपानी र सरसफाइका कार्यक्रमको अवलोकन पनि गर्ने तय भएको छ । मन्त्रीका रूपमा डङ्कनको यो पाँचौँ नेपाल भ्रमण हुनेछ । रासस
- See more at: http://www.onlinekhabar.com/2014/03/172138/#sthash.q0rb3DWE.dpuf
१८ फागुन, काठमाडौं । बेलायतका अन्तर्राष्ट्रिय विकासम न्त्री एलन डङ्कन तीन दिने भ्रमणको सिलसिलामा सोमबार काठमाडौँ आउँदैछन् ।
भ्रमणका क्रममा उनले नेपालको गरिबी न्यूनीकरण र आर्थिक विकासमा बेलायत सरकारको सहयोग र साझेदारीका प्रयासको समीक्षा र भावी सहयोगबारे छलफल गर्नेछन् ।
Alan_Duncanयस्तै, सन् ०१५ मा नेपाल-बेलायत कूटनीतिक सम्बन्धको द्विशतवाषिर्की मनाउने विषयमा पनि उनले छलफल गर्नेभएका छन् । डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिएफआइडी)का नेपाल प्रमुख डा. गेइल मार्जेटीले मन्त्री डङ्कन नेपालको शान्ति प्रक्रियामार्फत् यहाँको प्रगति हेर्न र यसमा बेलायतको सहयोग जारी राख्न उत्सुक रहेको बताए ।
नेपालस्थित बेलायती दूतावासका अनुसार भ्रमणका क्रममा मन्त्री डङ्कनले प्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलका नेता र निजी क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् ।
उनले बेलायतको गोर्खा सामाजिक सेवाअन्तर्गत कास्कीमा सञ्चालित ग्रामीण खानेपानी र सरसफाइका कार्यक्रमको अवलोकन पनि गर्ने तय भएको छ । मन्त्रीका रूपमा डङ्कनको यो पाँचौँ नेपाल भ्रमण हुनेछ । रासस
- See more at: http://www.onlinekhabar.com/2014/03/172138/#sthash.q0rb3DWE.dpuf
भुवन के.सी. कतार -अर्घाखाची सेवा समाज कतारले आफना एक सचिवालय सदस्यलाई विधिवत विदाई गरेको छ । सस्थाका सचिवालय सदस्य अर्घाखाँची खनदह गाविस वार्ड नं ८ सुगापोखरी निवासी बाबुराम कोइरालालाई फेरि कतार नआउने गरि नेपाल जान लागेको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । 
 
अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र प्रथम उपाध्यक्ष भुवन केसीको स्वागत एवं शुभकामना मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा संस्थाका सचिवालय सदस्यहरुको उपस्थिति थियो । विगत लगभग ८ बर्ष देखि कतारको राजधानी दोहामा कार्यरत कोइराला अवको केहि दिन पछि नेपाल जादै हुनुहुन्छ, सस्थामा लामो समय देखि सामाजिक क्षेत्रमा सक्रियरुपमा लाग्नुभएका कोइरालालाई उपस्थित पदाधिकारीहरुले शुभकामना एवं विदाईका मन्तव्य व्यक्त गरेका थिए ।
 
मन्तव्यको क्रममा बोल्दै अध्यक्ष पाण्डेले सस्थालाई क्रियाशिल बनाएर अघि बढाउनमा कोइरालाको महत्वपूर्ण स्थान रहेको बताउनुभयो, कतार बसाईको क्रममा सिकेका सिपलाई नेपालमा लागु गर्न सस्थागत तथा व्यक्तिगत सम्वन्धलाई सधै निरन्तरता दिनुहोला भन्ने सुझाव दिदै अध्यक्ष युवराज पाण्डेबाट दोसल्ला एवं प्रशसापत्रद्धारा सम्मान गरिएको थियो ।
 
सस्थाका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा, सचिवालय सदस्य प्रकाश पराजुली लगायतले कोइरालाले पुराएको योगदानको चर्चा गर्दे आउने दिनहरुका पनि सामाजिक सम्वन्ध कायय होस भन्दै शुभकामनारुपी मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव केदारनाथ भुसालले पनि कार्यक्रम सन्चालनकै क्रममा विदाई एवं शुभकामनारुपी सन्देश दिनुहुदै आउदो मार्च ७ मा गैरआवासिय नेपाली सघं कतार च्याप्टरले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागि बन्न सवै जिल्लाबासी लगायत सवैमा हार्दिक अनुरोध समेत गर्नुभएको थियो ।
 
 
 
भुवन के.सी. कतार -अर्घाखाची सेवा समाज कतारले आफना एक सचिवालय सदस्यलाई विधिवत विदाई गरेको छ । सस्थाका सचिवालय सदस्य अर्घाखाँची खनदह गाविस वार्ड नं ८ सुगापोखरी निवासी बाबुराम कोइरालालाई फेरि कतार नआउने गरि नेपाल जान लागेको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । 
 
अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र प्रथम उपाध्यक्ष भुवन केसीको स्वागत एवं शुभकामना मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा संस्थाका सचिवालय सदस्यहरुको उपस्थिति थियो । विगत लगभग ८ बर्ष देखि कतारको राजधानी दोहामा कार्यरत कोइराला अवको केहि दिन पछि नेपाल जादै हुनुहुन्छ, सस्थामा लामो समय देखि सामाजिक क्षेत्रमा सक्रियरुपमा लाग्नुभएका कोइरालालाई उपस्थित पदाधिकारीहरुले शुभकामना एवं विदाईका मन्तव्य व्यक्त गरेका थिए ।
 
मन्तव्यको क्रममा बोल्दै अध्यक्ष पाण्डेले सस्थालाई क्रियाशिल बनाएर अघि बढाउनमा कोइरालाको महत्वपूर्ण स्थान रहेको बताउनुभयो, कतार बसाईको क्रममा सिकेका सिपलाई नेपालमा लागु गर्न सस्थागत तथा व्यक्तिगत सम्वन्धलाई सधै निरन्तरता दिनुहोला भन्ने सुझाव दिदै अध्यक्ष युवराज पाण्डेबाट दोसल्ला एवं प्रशसापत्रद्धारा सम्मान गरिएको थियो ।
 
सस्थाका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा, सचिवालय सदस्य प्रकाश पराजुली लगायतले कोइरालाले पुराएको योगदानको चर्चा गर्दे आउने दिनहरुका पनि सामाजिक सम्वन्ध कायय होस भन्दै शुभकामनारुपी मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव केदारनाथ भुसालले पनि कार्यक्रम सन्चालनकै क्रममा विदाई एवं शुभकामनारुपी सन्देश दिनुहुदै आउदो मार्च ७ मा गैरआवासिय नेपाली सघं कतार च्याप्टरले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागि बन्न सवै जिल्लाबासी लगायत सवैमा हार्दिक अनुरोध समेत गर्नुभएको थियो ।
 
 
 
भुवन के.सी. कतार -अर्घाखाची सेवा समाज कतारले आफना एक सचिवालय सदस्यलाई विधिवत विदाई गरेको छ । सस्थाका सचिवालय सदस्य अर्घाखाँची खनदह गाविस वार्ड नं ८ सुगापोखरी निवासी बाबुराम कोइरालालाई फेरि कतार नआउने गरि नेपाल जान लागेको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । 
 
अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र प्रथम उपाध्यक्ष भुवन केसीको स्वागत एवं शुभकामना मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा संस्थाका सचिवालय सदस्यहरुको उपस्थिति थियो । विगत लगभग ८ बर्ष देखि कतारको राजधानी दोहामा कार्यरत कोइराला अवको केहि दिन पछि नेपाल जादै हुनुहुन्छ, सस्थामा लामो समय देखि सामाजिक क्षेत्रमा सक्रियरुपमा लाग्नुभएका कोइरालालाई उपस्थित पदाधिकारीहरुले शुभकामना एवं विदाईका मन्तव्य व्यक्त गरेका थिए ।
 
मन्तव्यको क्रममा बोल्दै अध्यक्ष पाण्डेले सस्थालाई क्रियाशिल बनाएर अघि बढाउनमा कोइरालाको महत्वपूर्ण स्थान रहेको बताउनुभयो, कतार बसाईको क्रममा सिकेका सिपलाई नेपालमा लागु गर्न सस्थागत तथा व्यक्तिगत सम्वन्धलाई सधै निरन्तरता दिनुहोला भन्ने सुझाव दिदै अध्यक्ष युवराज पाण्डेबाट दोसल्ला एवं प्रशसापत्रद्धारा सम्मान गरिएको थियो ।
 
सस्थाका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा, सचिवालय सदस्य प्रकाश पराजुली लगायतले कोइरालाले पुराएको योगदानको चर्चा गर्दे आउने दिनहरुका पनि सामाजिक सम्वन्ध कायय होस भन्दै शुभकामनारुपी मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव केदारनाथ भुसालले पनि कार्यक्रम सन्चालनकै क्रममा विदाई एवं शुभकामनारुपी सन्देश दिनुहुदै आउदो मार्च ७ मा गैरआवासिय नेपाली सघं कतार च्याप्टरले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागि बन्न सवै जिल्लाबासी लगायत सवैमा हार्दिक अनुरोध समेत गर्नुभएको थियो ।
भुवन के.सी. कतार -अर्घाखाची सेवा समाज कतारले आफना एक सचिवालय सदस्यलाई विधिवत विदाई गरेको छ । सस्थाका सचिवालय सदस्य अर्घाखाँची खनदह गाविस वार्ड नं ८ सुगापोखरी निवासी बाबुराम कोइरालालाई फेरि कतार नआउने गरि नेपाल जान लागेको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । 
 
अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र प्रथम उपाध्यक्ष भुवन केसीको स्वागत एवं शुभकामना मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा संस्थाका सचिवालय सदस्यहरुको उपस्थिति थियो । विगत लगभग ८ बर्ष देखि कतारको राजधानी दोहामा कार्यरत कोइराला अवको केहि दिन पछि नेपाल जादै हुनुहुन्छ, सस्थामा लामो समय देखि सामाजिक क्षेत्रमा सक्रियरुपमा लाग्नुभएका कोइरालालाई उपस्थित पदाधिकारीहरुले शुभकामना एवं विदाईका मन्तव्य व्यक्त गरेका थिए ।
 
मन्तव्यको क्रममा बोल्दै अध्यक्ष पाण्डेले सस्थालाई क्रियाशिल बनाएर अघि बढाउनमा कोइरालाको महत्वपूर्ण स्थान रहेको बताउनुभयो, कतार बसाईको क्रममा सिकेका सिपलाई नेपालमा लागु गर्न सस्थागत तथा व्यक्तिगत सम्वन्धलाई सधै निरन्तरता दिनुहोला भन्ने सुझाव दिदै अध्यक्ष युवराज पाण्डेबाट दोसल्ला एवं प्रशसापत्रद्धारा सम्मान गरिएको थियो ।
 
सस्थाका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा, सचिवालय सदस्य प्रकाश पराजुली लगायतले कोइरालाले पुराएको योगदानको चर्चा गर्दे आउने दिनहरुका पनि सामाजिक सम्वन्ध कायय होस भन्दै शुभकामनारुपी मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव केदारनाथ भुसालले पनि कार्यक्रम सन्चालनकै क्रममा विदाई एवं शुभकामनारुपी सन्देश दिनुहुदै आउदो मार्च ७ मा गैरआवासिय नेपाली सघं कतार च्याप्टरले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागि बन्न सवै जिल्लाबासी लगायत सवैमा हार्दिक अनुरोध समेत गर्नुभएको थियो ।
भुवन के.सी. कतार -अर्घाखाची सेवा समाज कतारले आफना एक सचिवालय सदस्यलाई विधिवत विदाई गरेको छ । सस्थाका सचिवालय सदस्य अर्घाखाँची खनदह गाविस वार्ड नं ८ सुगापोखरी निवासी बाबुराम कोइरालालाई फेरि कतार नआउने गरि नेपाल जान लागेको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । 
 
अध्यक्ष युवराज पाण्डेको अध्यक्षता र प्रथम उपाध्यक्ष भुवन केसीको स्वागत एवं शुभकामना मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा संस्थाका सचिवालय सदस्यहरुको उपस्थिति थियो । विगत लगभग ८ बर्ष देखि कतारको राजधानी दोहामा कार्यरत कोइराला अवको केहि दिन पछि नेपाल जादै हुनुहुन्छ, सस्थामा लामो समय देखि सामाजिक क्षेत्रमा सक्रियरुपमा लाग्नुभएका कोइरालालाई उपस्थित पदाधिकारीहरुले शुभकामना एवं विदाईका मन्तव्य व्यक्त गरेका थिए ।
 
मन्तव्यको क्रममा बोल्दै अध्यक्ष पाण्डेले सस्थालाई क्रियाशिल बनाएर अघि बढाउनमा कोइरालाको महत्वपूर्ण स्थान रहेको बताउनुभयो, कतार बसाईको क्रममा सिकेका सिपलाई नेपालमा लागु गर्न सस्थागत तथा व्यक्तिगत सम्वन्धलाई सधै निरन्तरता दिनुहोला भन्ने सुझाव दिदै अध्यक्ष युवराज पाण्डेबाट दोसल्ला एवं प्रशसापत्रद्धारा सम्मान गरिएको थियो ।
 
सस्थाका द्धितिय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा, सचिवालय सदस्य प्रकाश पराजुली लगायतले कोइरालाले पुराएको योगदानको चर्चा गर्दे आउने दिनहरुका पनि सामाजिक सम्वन्ध कायय होस भन्दै शुभकामनारुपी मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव केदारनाथ भुसालले पनि कार्यक्रम सन्चालनकै क्रममा विदाई एवं शुभकामनारुपी सन्देश दिनुहुदै आउदो मार्च ७ मा गैरआवासिय नेपाली सघं कतार च्याप्टरले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सहभागि बन्न सवै जिल्लाबासी लगायत सवैमा हार्दिक अनुरोध समेत गर्नुभएको थियो ।

अनिश खालिङ राईको जिवन रक्षाका लागी कतारबाट सहयोग

घनस्याम पराजुली ,१८ फागुन, दोहा– यूएईमा मृत्युदण्ड सुनाईएका  संखुवासभा मत्स्यपोखरीका अनिस खालिङ राईलाई बचाउनका लागी गरिएको अभियानलाई कतारबाट रु ३ लाख ९७ हजार ४ सय बिस पठाईएको छ । राईलाई पाकिस्तानीक नागरिकको हत्याको आरोपमा त्यहाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजायबाट उनलाई बचाउनका लागी ब्लडमनी दिनुपर्ने हुन्छ । यूएई गएको ६ महिनामै हत्याको अभियोगमा जेलमा परेका उनको आर्थिक स्थिती कमजोर छ । उनलाई बचाउनका लाई विश्वभरी छरिएर रहेका नेपालीहरुले अनिश बचाउ अभियान सुरु गरेका छन ।

 कतारबाट किशोर सुनुवारको संयोजकमा रकम संकलन गरि उक्त अभियानका संयोजक नारद कुमार राई र अनिश खालिङको श्रीमती रबिता खालिङको संयुक्त नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता  न. ३७०७०१०००३७०४ मा पैसा पठाईएको हो । संयोजक सुनुवारले सहयोग गर्नुहुने नेपाल तामाङ्ग सेवा समाज , प्रवासी मगर संघ,भुजेल सेवा समाज , नेपाली महिला समाज , किरात रायृ योयोक्खा सुनार सेवा समाज , सुबो घलान,राजेन्द्र थापा,मेख कार्की, ठाकुर बिक,नुमा चाम्लिङ, राम बजगाई,राम वान्तवा,किरण लामा ,लोक बहादुर राई,तिर्थ याम्फु राई , गोपाल राई , जय राई, जहर सिं राई , रिम राई, दिल कुमार राइृ, राम बहादुर रायृ, दान पराजुली , सुभराज थापा, नरेन्द्र राई , जित बहादुर राई, मित्र राई, सम्भु दाहाल , मन्चन बस्नेत, बिमल सुनुवार, राम बहादुर मगर , जे.बि. हमाल , प्रेम लामा साथै सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिए ।

उनलाई बचाउनका लाई अभियान सुरु भएसँगै बिभिन्न मुलुकमा रहेका गैर आवासिय नेपाली संघ, प्रवासमा स्थापित संघ संस्थाहरु साथै व्यवसायीहरुले उनको जिवन रक्षाका लागी सहयोग रकम जुटाईरहेका छन । अनिशलाई सहयोग गर्न चाहानेहरुले उनकी श्रीमती तथा अभियानका संयोजक नारद कुमार राइको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता  न.ं ३७०७०१०००३७०४ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

सम्मान तथा ज्ञापन पत्र हस्तान्तरण

दिल कुमार श्रेष्ठ दोहा / कतारको सामाजिक गतिबिधिमा बिशेष चासो राख्दै अहम भूमिका निर्वाह गर्दै आएको पर्बत युवा सेवा समाज कतारले भर्खर मात्र सम्पन्न संबिधान सभाको निर्वाचनमा पर्बत क्षेत्र नं. १ बाट विजय हासिल गरि संसदीय सभाका सदस्य तथा माननीय सभासद श्री अर्जुन प्रसाद जोशी ज्यू कतार आएको मौका छोपी एक कार्यक्रमका गर्दै सम्मान साथमा सस्थाको प्रगति प्रतिवेदन तथा ज्ञापन पत्र हस्तान्तरण गरेको छ l

सस्थाका अध्यक्ष श्री पूर्ण बहादुर नेपाली को सभापतित्व मा सम्पन्न कार्येक्रम मा प्रमुख अतिथिको रुपमा गरेको कार्येक्रममा माननीय सभासद श्री अर्जुन प्रसाद जोशी रहनु भएको थियो भने बिशेष अतिथिमा सस्थाका सस्थापक श्री भूपति भट्टराई , प्रमुख सल्लाहकार श्री चिन्तामणि पौडेल र उपाध्यक्ष श्री राम प्रसाद भुसाल रहनु भएको थियो l
सस्थाका उपाध्यक्ष श्री राम प्रसाद भुसाल ज्युको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रममा स्वागत मन्तब्यका क्रममा बोल्दै सस्थाले गरेका सम्पूर्ण जानकारी दिई आफुहरुले माननीयबाट नै सम्पूर्ण कुरा को जानकारी सुन्ने रहर ब्यक्त गर्नु भएको थियो l 
 सस्थाका सस्थापक तथा प्रमुख सल्लहाकार ज्यू बाट पनि त्यही कुरा दोहोरी रहदा सम्पूर्ण पर्बतबासीहरुमा उहा प्रति कति आशा र भरोसा गरेका रहेछन भन्ने कुरा प्रस्ट थाहा हुन्छ l सम्पूर्ण उपस्थित पर्बतबासीहरुको प्रतिक्षालाई हटाउदै कार्यक्रम संचालकको निमन्त्रणामा मंचमा माननीय ज्युको आगमन संगै तालीले स्वागत गर्दै सम्पूर्ण सभाहलनै गुन्जायमान भैरहेको थियो l
उहाको एक एक सेकेन्ड महत्व पूर्ण रहदा पनि उहाले पर्बत युवा सेवा समाज कतारले उठाएका माग हरुलाई गाउँ जिल्ला हुदै राष्ट्रिय स्तर मा नै पुराउदै आफ्नो तर्फा बाट कुनै कसर बाकी नराख्ने बताउनु भएको थियो l प्रतिनिधि सभामा ३ पटक सम्म निर्बाचित हुदै ह्याट्रिक नै बनाउने सम्पूर्ण पर्बत बासीहरुमा धन्यवाद दिदै पहिले स्थानीय र आफ्नो क्षेत्र विकास मा बिसेश जोड दिएको कुरा गर्दै आउदा दिन मा सम्पूर्ण जिल्लाको प्रतिनिधित्व भूमिका निर्वाह गर्दै पर्बत जिल्लाका ५५ओटै गाबिसको निम्ति जस्तो सुकै भूमिका निर्वाह गर्न पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो l
 विदेश मा रहेर पनि आफ्नो गाउँ छिमेक र जिल्ला को बारेमा जानकारी राख्दै आफुलाई घचघच्यानु भएको मा सम्पूर्ण पर्बत युवा सेवा समाज कतार परिवारलाई धन्यवाद ब्यक्त गर्दै आउदा दिन हरुमा पनि यस्तै अपेक्षाको कामना गर्नु भएको थियो l भने आफु विदेश बिभाग प्रमुख रहेको र आउदा दिन मा पनि कुनै पनि विदेशको भ्रमण मा रेहेको बेला या कुनै पनि समयमा कतार बसाईलाई लम्ब्याउदै सम्पूर्ण पर्बतबासीहरुमा अर्को अर्को पटक पनि सल्लाह सुझाब लिने अपेक्षा राख्नु भएको थियो l
अन्त्यमा उपस्थित जनमासबाट उठेका प्रश्न उचित जवाफ दिदै आउदा दिन हरुमा पनि आफुलाई यसरी नै घचघच्यान अनुरोध गर्दै आफ्नो मन्तब्य समाप्त गर्नु भएको थियो l अन्त्यमा सभापति ज्यु बाट कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गराउन सहयोग पुराउने सम्पूर्ण सहयोगी मित्र संघ सस्था तथा उपस्थित सम्पूर्ण पर्बत बासीहरुमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो l

 साथमा पर्बत युवा सेवा समाज कतारले माननीय सभासद श्री अर्जुन प्रसाद जोशी ज्युलाई बुझाएको ज्ञापन पत्र यस प्रकार रहेको छ l

माननीय सदस्य “अर्जुन कुमार जोशी ज्यू “ संबिधानसभा तथा वेबस्थापिका संसद क्षेत्र नं. १ बिषय :-


 बिध्यमान समस्याहरुका बारेमा ज्ञापन पत्र, महोदय, बैदेशिक रोजगार को निम्ति रहेका नेपालीहरुको बिध्यमान समस्याहरुका साथै पर्बत जिल्लाका अन्तर्गत रहेका अन्तिरिक समस्या समाधानको आवश्यक पहल निम्ति ध्यानाकर्षण गराउन चाहन्छ l पर्बत जिल्लाको समसामयिक विषयका सम्बन्धमा लामो समय सम्म देश्कोनिती निर्माण तथा जिम्मेवार ठाउँमा रहेकाले जिल्लाका विभिन्न बिषयमा माननीय ज्युको ध्यानाकर्सन गर्न चाहन्छौ l विभिन्न श्रोत तथा प्राकृतिक सुन्दरताले सम्पन्न हाम्रो जिल्ला क्षेत्रफलका आधारमा सानो भए पनि प्राकृतिक तथा धार्मिक हिसाबले बिबिधता तथा सामाजिक हिसाबले अत्यन्तै सलिन जिल्ला हो भन्दा हामीले गर्ब गर्ने गरेका छौ l शिक्षा ,स्वास्थ्य तथा यातायातका हिसाबले सुगम जिल्ला भएपनि देशको राजनैतिक अस्थिरता का गैरजिम्मेवारी राजनीतिकर्मीका कारण जुन गति मा बिकाश हुनु पर्ने थियो त्यसो हुन नसकेको यथार्थता यहाले पनि राम्रो संग बुझेकोकुरा हो l एस्तो अवस्थामा विगत १५ बर्ष देखि जनता का निर्बाचित प्रतिनिधिको रुपमा माननीय ज्युको समेत दाईत्व र जिम्मेवारी थियो र हो भन्ने कुरा आम जिल्लाबाशी को बुझाई हो तर खास गरि आगामी दिन मा जिल्लाको समग्र बिकाशमा यंहाकोभूमिका ससक्त होस् भनि पर्बत युवा सेवा समाज कतार ले सम्भावित बिकाशका विभिन्न क्षेत्रहरुको बिषयमा जानकारी गराउने जमर्को गरका छौ l यातायातको क्षेत्रमा तत्कालिन श्री ५ को सकारको समय मा निमार्ण भइ संचालन मा रहेको पोखरा बाग्लुंग राजमार्गको नयापुल-माल ढुंगा सडक खण्ड आहिले पनि साबिक अबस्थामा नै संचालन मा रहेको अझ भनौ बाटोको स्तर तल झरेर बर्षादको समयमा यातायातमा समेत बाधा पुग्ने गरेका ले यहा मार्फत सरकार जिल्ला बिकाश समिति तथा सम्बन्धित पक्षको ध्यान जओस भन्न चाहन्छौ l सरकार ले बहुआयामिक रास्ट्रिय महत्वको आयोजना भनेर अगाडी बढाएको कलि गण्डकी करिडोर ( उत्तर दक्षिण राजमार्ग )को पर्बत खण्डको कम अरु पुरा नहुनुमा जिल्लाको राजनीतिक पार्टीहरुको गैरजिम्मेवारी पन महत्वकंक्षा हाभी भएकोले सम्बन्धित पक्षसंग छलफल गरि तुरुन्त उप्त कार्य सुचारु गरियोस भनि यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानक्रसर्ण गराउन चाहन्छौ l
जिल्लाको दक्षिण भेगलाई सदरमुखकाम संग जोड्ने दोभिल्ला ग्यांदी फलावास कुर्घा हुदै हुवास त्रिवेणी मोटर बाटोको स्तर उन्नति गरि कालोपत्रे गर्ने सम्बन्धमा l पोखरा कर्किनेता थापाठाना , संकरपोखरी, फलेवास ,मोटर बाटो लै नियमित यातायात संचालन गर्न तथा गराउनका लागि यातायात व्यवसायी हरुको टक्करको कारण बाटो बनेको दसक सम्म पनि सम्बन्धित क्षेत्रबाट कुनै पहल नभएकोले माननीय ज्यू मार्फत सम्बन्धित छेत्रको ध्यानक्रसर्ण गराउन चाहन्छौ l जिल्लाको दक्षिण भेगलाई मिर्मि हुदै वालिंग सम्म नियमित यातायातको संजाल मा जोड्ने सके उप्त क्षेत्रको बिकाश ले फड्को मर्ने कुरामा दुइमत छिन तर आहिले सम्म त्येसो हुन नसकेको ले माननीय मार्फत कदम चालियोस भन्ने हाम्रो चाहना हो l आजको एक्काइसौ सताब्दिमा पनि हामीले यातायातको साधनको अभाबमा ज्यान गुमाउन पर्ने अवस्था अथवा खोला ले बगाउने तथा बाढी पहिरो ले पुरिने क्रमलाइ रोकेर सम्पूर्ण जनताको ज्यू ज्यानको रक्षाको निम्ति अनगन्ती खोलाहरुमा झोलुंगे पूलको बनाउनु पर्ने तथा बनेका पुल हरुको मर्मत सम्भर तर्फ स्थानीय प्रसासन तथा जिल्ला बिकाश समितिको ध्यान जाओस भनि हजुर मार्फत जोडदार आवाज उठाउन चाहन्छौl
कृषि क्षेत्रका सम्बन्धमा l साकारले केन्द्रिय तहबाटैअनुमोदन गरि सुरुवात गरेको एक गाउँ एक खेति कार्यक्रमलाई जिल्लामा पनि लागु गर्दै सम्भावित क्षेत्रको अध्यान गर्दै त्यस तर्फ कदम चल्न सके समग्र कृषि तथा जिल्लाको बिकाश मा टेवा पुग्ने थियो l तेसैले सम्भावित क्षेत्रको जानकारि गराउन चाहन्छौ l देउपुर बझुंग लगाएतका गाबिस हरुलाई सुन्तला क्षेत्र का रुपमा बिकाश गर्न , मल्लाज माझ फाट धाईरिंग , बासखर्क लाइ आलु उत्पादनका लागि प्याकेज क्षेत्रका रुपमा स्थापना गरि कार्यन्वयन गर्न सके जिल्लालाई आलुका l अगी आत्मनिर्भर बनाउन सकिने कुरा मा दुइ मत छैन l संकरपोखरी, थापाठाना , तिलहर , चित्रे लगाएतका गाबिस हरुलाई कफी उत्पादनका रुपमा बिकाश गर्न गराउन , भंगारा ,लिमिठाना ,ठानामौला , गाबिस हरुमा अधुवा उत्पादन का लागि परिचित क्षेत्र हुन् तिमीहरुको उचित बेबस्थापन गर्ने गरि किशन हरुलाई बिउ बिजन मल तथा आवस्यक प्राबिधिक ज्ञान दिलाउनको लागि जिल्ला कृषि बिकाश कार्यलय मार्फत पहल गर्नु हुनेछ l भन्ने हाम्रो आशा छ l धान उत्पादनका लागि उपुक्त क्षेत्र हरु पांग , कटुवा चौपारी फलेवाश कुर्घा बेहुलिवास रानीपानी त्रिबेणी हुवास मा सिचाई तथा प्राबिधिक केन्द्र स्थापना गरि युवा जनसक्ति लाइ त्यस तर्फ केन्द्रित गर्न सके बेरोजगारी मा कमि आउने तथा युवा पलायन लाई रोक्न सकिने थियो अवेस्थित बस्ति विस्तार का कारण फलावास , ग्यांदी क्षेत्र का कृषि योग्य जमिन घडेरीका नाममा टुक्रिने र बाझिने क्रम बढेका ले त्यस तर्फ सम्बन्धित छेत्रको ध्यानक्रसर्ण हुन जरुरि छ l अत माननीय मार्फत सम्बन्धित क्षेत्रमा पहल गरियोस भन्ने हाम्रो माग हो l सकारले विभिन्न जिल्ला मा लागु गरेको पशु बिमा कार्यक्रम लाइ स्थानिय तहसम्म पुर्याउन सके बेरोजगार युवा हरुलाई त्यस तर्फ आकर्सित गर्न सकिने तथा त्येसले प्रत्यक्ष या परोक्ष रुपमा सम्पूर्ण अर्थतन्त्रलाई नै चलायमान बनाउने हुदा जिल्ला कृषि कार्यलयलाई माननीय मार्फत हाम्रो सुझाब छ तथा सभासद ज्यू बाट समेत त्यस तर्फा पहल हुने छ भन्ने हाम्रो चाहना हो त्येसो गर्दा हामी बैदेशिक रोजगारीका लागि खाडी या मलेशिया मा श्रम गर्ने व्यक्ति हरुमा आस्र्सित परिवारलाई सबै भन्दा धेरै फाइदा हुने तथा स्वदेश मा नै काम गर्न सक्ने बातावरण को सिर्जना हुने थियो l
कृषिका सबै भन्दा ठुलो चुनौती भनेको श्रम सक्ति पलायन हुनु हो यदि श्रम सक्ति लाइ कृषि क्षेत्र मा परिचालित गर्न सके तेस् बाट धेरै फाइदा लिन सकिन हुदा क्र्शी बजारको बेबस्था गरि उत्पादक तथउपभोक्ता को बीच मा कृषि विकास कार्यलय ले पुलको काम गर्न सके शिक्षित बेरोजगार हरु लाइ समेत त्य्स्तार्फा आकर्षण गर्न सकिने हुदा यहाँ मार्फत जिल्ला कृषि कार्यलय तथा सम्बन्धित पक्षको ध्यानक्रसर्ण गराउन चाहन्छौ l बसाई सराई तथा विभिन्न कारणले सहर पस्ने क्रम संगै कृषि योग्य जमिन बाझिने क्रम बढेका ले सकारी स्तर बाट नै त्यस तर्फ गम्भीर कदम चालिनु पर्छ l भन्ने हाम्रो बुझाई हो यहाँलाई समेत त्यस तर्फा सचेत गराउन चाहन्छौ l पर्यटन बिकाश सम्बन्धमा दिगो बिकाशका लागि पर्यटन वर्तमान समयको महत्व पूर्ण पाटो हो पर्यटन संग सम्बन्धित जिल्ला का धार्मिक तथा पर्यटकीय स्थलहरुको पर्बर्धन तथा प्रचार प्रसार गरि आन्तरिक तथा बाहिय पर्यटकका लागि आकर्सक कार्यक्रम ल्याउन सके समग्र जिल्लाको बिकाश मा टेवा पुग्ने कुरा मा कसैको दुइ मतछैन तेसैले जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा चर्चा गर्न खोजिए को छ l गुप्तेशोर तथा अल्पेशोर गुफाको बारेमा उठित प्रसार प्रचार गरि आन्तरिक तथा बाहिय पर्यटकलाई आर्कषक गन्तब्य को रुपमा बिकाश गर्न नेपाल पर्यटन बोड संग समन्वय गरि निश्चित कार्यक्रम गर्न सके जिल्लाको बिकाशमा टेवा पुग्ने छ भन्ने हाम्रो बुझाई हो l तथा एस तर्फ मनानिय सभासद्को ध्यानकर्षण गरुन चाहन्छौ l नेपालकै लामो तथा आग्लो झुलुंगे पुल्कोरूप मा चर्चित कुस्मा ग्यादी झुलुंगे पुलको बारेमा आझै प्रसार प्रचार गर्ने सके अन्तरिक पर्यटन को बिकाश मा टेवा पुग्ने थियो तर संचलान मा आएकोकेहि वर्ष मा नै जिर्ण बन्दै गएको गायकले त्यस तर्फा ध्यान जना जरुरि छ पन्चासे तथा डहरे क्षेत्र;लाई अन्तरास्ट्रिय पर्यटकीय स्थलहरुको रुपमा बिकाश गर्न एककृत गुरु योजना तयार गरि यथसिघ्र तेस तर्फा कम गर्न जरुरि छ l सालिग्राम सिला हिन्दुहरुकोआस्था को धरोहोर भएको हुना ले रास्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा प्रसार प्रचार गरि धार्मिक पर्यटकीय स्थलहरुको बिकाश गर्न तुरुन्त कदम चालियोस यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानकर्षण गर्न चाहन्छौ l कालिगण्डकी नदीमा rafting का लागि उचित पूर्वाधार बिकाश गरि अन्तरास्ट्रिय पर्यटक हरुलाई आकर्सन गर्न बिशेष कार्यक्रम ल्याउन सके स्थानिय स्तरमा नै रोजगार सिजना गर्न सकिने छ l
शिक्षा क्षेत्र् का सम्बन्धमा शिक्षा क्षेत्र को आधारभूत तह बिद्यालय शिक्षा को स्तर उन्नति गर्न तथा जिल्ला स्थित सम्पूर्ण बिद्यालय हरु लाइ निरिक्ष्क्षन् तथा अनुगमन गरि तिनी हरुलाई साधन सम्पन्न बनाउन निश्चित कदम चलिओस भनि यहाँ मार्फत सम्बिन्धित क्षेत्र को धन्यकर्सन गरुन चाहन्छौl
धौलागिरी अंचल कै पुरानो क्याम्पस को रुप मा परिचित पर्बत बहुमुखी क्यम्पुस फलेबास अहिले बन्द हुने अवस्था मा पुगको छ सम्बन्धित सरकारी पक्ष् को उद्सनिता स्थानीय स्तर मा हुने राजनीति तथा फितलो प्रसासन का कारण अस्त ब्यस्त बनेका ले उक्त क्यम्पुस को सुधार का लागि यहाँ मार्फत त्रिभुवन बिस्सो बिधालय तथा सम्भिन्दित मन्त्रालय को ध्यानकर्सन गर्न चाहन्छौ सदर मुकाम मा रहेर पनि गुप्ताश्वोर बहुमुखी क्याम्पस ले पनि अपक्षाकृत नतिजा दिन नसकेको अवस्था हो राम्रो बिसय तथा गुणस्तरीय शिक्षा को अवाब मा अपक्षित् उद्श्य प्राप्त गर्न नसकेकाले ले सिग्र तेस तर्फ माननीय को ध्यान जावोस जिल्ला मा आहिले सम्म पनि मास्टर लेबल को क्याम्पस नहुदा उच्चा शिक्षा अध्यन का लागि जिल्ला बाहिर जानु पर्ने हाम्रो बाध्यता लाई कम गर्न जिल्ला मै एउटा डिग्री क्याम्पस हुनु पर्ने अहिले को अबस्कता तर्फ पनि यहाँ को ध्यान जानेछ भन्ने हामीले आस गरेका छौ जिल्ला मा अहिले सम्म पनि अपांग मैत्री स्कूल बन्न सकेको छैन तेस तर्फ यहाँ मार्फत सम्भ्न्दित पक्ष् को ध्यानाकर्सन गराउन चाहन्छौ धौलागिरी अंचल मै अहिले सम्म पनि कृषि तथा प्राबिधिक क्याम्पस बन्न सकेको छैन यदि तेसो हुन सके जिल्ला तथा यस क्षेत्र कै बिकाश मा टेवा पुग्ने भयकोले तेस तर्फ ध्यान जानु आज को आवस्यकता हो
स्वास्थ्य क्षेत्रका सम्बन्धमा जिल्ला स्वस्थ कार्यालय लाइ सुबिधा सम्पन्न बनाउन तथा स्तानिया जनता लाइ आधारभूत तथा अतिरिक्त स्वास्थ सुबिधा उपलब्ध गराउन साधन श्रोत को अभाव हुन नदिन माननीय मार्फत सम्बन्धित क्षेत्र को ध्यानाकर्सन गराउन चाहन्छौ भौउलोगीक हिसाब ले हरेक इलाकामा एउटा स्वास्थ चौको हुनु पर्ने सरकारी मापदण्ड अहिजे सम्म पनि पुरा हुन सकेको छैन तेसैले तेस तर्फ ध्यान दिन का लागि यहाक ध्यानाकर्सन गराउन चाहन्छौ आधारभूत स्वास्थ सेवा उपलब्ध नहुदा सुत्कारी महिला को ज्ञान जाने क्रम अझै पनि रोक्न नसक्नु बिदब्ना हो तेसैले जिल्ला का ५५ वटै ग बा स हरुमा birthing center बच्चा जन्माउने घर हुन जरुरि छ स्थानीय तथा परम्परा गत उपचार पर्नाली “धामी झाक्री”का कारण अझै पनि समाज मा दुर्घटना हरु भइ रहन्चन तेसैले बिद्यालय स्तर देखि नै स्वास्थ सम्बन्धि बिशेस कार्यक्रम हरु संचालन गर्न जरुरि देखिय काले माननीय सभासद को तेस तर्फ ध्यानाकर्सन गराउन चाहन्छौ ग्रामिण भेक मा अधिकांश महिला आमा दिदि बहिनि हरु अंग खस्ने तथा पाठेघर को समस्याले ग्रसित हुने गर्दछन तर विभिन्न कारण ले अवास्था सस्था सम्म पुग्न नसक्दा अकाल मै ज्ञान गुमाउनु परेका घटना हरु बारम्बार आइ रहने हुदा स्थानीय स्तर मै तेस्ता स्वास्थ सिबिर हरु संचालन गर्न सके धरै मानिस हरु लाबंभित हुने हुदा तेस तर्फ यहाँ मार्फत सम्बन्धित पक्ष् को ध्यानाकर्सन गराउन चाहन्छौ l
सिचाई तथा जलबिधुतका सम्बन्धमा
समग्र जिल्लाको बिकाशमा अहम भूमिका खेल्ने राष्ट्रिय महत्वका योजनाहरुको अध्यान तथा संरक्षण गरि यथासिघ्र त्यस तर्फ कदम चल्नुपर्ने , बिगतमा काम सुरु भइ आहिले यथास्थितिमा रहेको माथिल्लो मोदीखोला (जलबिधुत आयोजनालाइ तुरुन्त सुरुवात गर्न सके स्थानिय स्थरमा रोजगारीको सिर्जना हुने तथा आर्थिक गतिविधिहरु संचालन हुने हुदा यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहन्छौ
जिल्ला मा संचालित साना मझौला तथा ठुला सिचाई आयोजनाहरुको मर्मत सम्भार तथा जीर्णोद्धार गरि तिनिहरुबता अधिकतम फाइदा लिन नियमित अनुगमन तथा नियमन गर्न जरुरि छ l ठुला आयोजनाका बारेमा राष्ट्रिय स्तरमा तर साना तथा मझौला आयोजनाका बारेमा स्थानीय स्तरमा मेकानिजम निर्माण गरि पारदर्शी ढंगले संचालन गर्ने तर्फ यहाँ मार्फत जिल्ला खानेपनिताथा सिचाई कार्यलय को ध्यान आकर्षण गराउन चाहन्छौ l उत्पादनका हिसाबले उपयुक्त ठाउँहरु छुट्टयाइ यस्ता ठाउँहरुमा यातायात तथा सिचाई ब्यबस्था गर्न सके सामुहिक कृषि प्रणाली अन्तर्गत हिउदे तथा नगदेवाली उत्पादन गर्न सकिने तथा स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्न सकिने हुदा त्यस तर्फ माननीयको ध्यान जाओस भन्ने हाम्रो अगह हो l जिल्लाको सबै भन्दा ठुलो सिचाई आयोजना (लामाय खोलाफलेवास आयोजना )जिर्ण बन्दै गएकोले राष्ट्रिय स्तरमा नै सरकारको ध्यान जना जरुरि छ l समयमै आयोजना मर्मत नहुदा लाखौको धनजन को क्षेती हुने तथा हजारौ हेक्टर जमिन बाझिने खतरा पनि संगसंगै भएको तथा मानबिय क्षेती समेत हुन सक्ने हुदा माननीय मार्फत नेपाल साकारको ध्यानकर्षण गराउन चाहन्छौ l सम्भावनाहरुअध्यान गरि साना तथा लघु जलबिधुत आयोजना संचालन गर्न सके उर्जा समस्याको समाधान गर्न सकिने तथा स्थानीय पुजीलाई उत्पादन मुलक ठाउमा लगुना सकिने भएकोले त्यस तर्फ कदम चालिनु पर्छ भन्ने हाम्रो मन्नेता हो l बैकल्पिक उर्जा प्रबर्धनका लागि बिगत मा अध्यन भइ गर्न सुरुवात भैसकेको तर वर्तमान अवस्था मा उत्पन्न गर्न नसकिएको बायु उर्जा सम्बन्धिघन्टे देउराली मा संचालित आयोजना सुरु गर्न तथा सम्भावना अध्यन गरि आन्या ठाउमा पनि यस्ता आयोजना संचालन गर्ने बारे कार्य गरि अगाडी बढाउन जरुरि छ l जिल्ला मा खानेपानी समस्याको दिगो समाधानको निम्ति हाल उपलब्द श्रोतहरुको संरक्षरण गर्न तथा नया आयोजनाका लागि सम्भाव्यता अध्यन गरि यस्ता क्षेत्र हरुलाई संरक्षरण क्षेत्रको रुपमा बिकाश गर्नका लागि स्थानीय तथा जिल्ला स्तर मा सचेतना मिलक कार्येक्रमको आयोजना गर्न तथा राष्ट्रिय स्तरको कार्येक्रम ल्याउन जरुरि छ lअत माननीय सभासद्लाई त्यस बिषयमा गम्भीर हुन आग्रह गर्दछौ l
हाम्रो सदरमुखकाम तथा जिल्लाका सहर उम्मुख क्षेत्रहरु अवेस्थित तथा अवैज्ञानिक घर निर्माण तथा योजना बिहिन पूर्वाधारहरुका कारण कुरूप बन्ने अबस्थामा छन् , तेसैले रास्ट्रिय आयोजना आयोग तथा आवास तथा आवास तथा भौतिक योजना मन्त्रालय मार्फत नियन्त्रण तथा अनुगमन गरि ब्यबस्थित गरियोश भन्ने हामी आम जिल्लाबाशी को आवाज हो l यहाँ मार्फत सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहन्छौ l
अन्त्यमा , जिल्लाको अभिभावकको नाताले बिकाश निर्माणका काम मा यहाँ संग सम्पूर्ण जिल्लाबासीको अपेक्षा हुनु स्वभाबिक हो , तर लामो समय सम्म केन्द्रिय नीतिनिर्माणको तह मा रहेर पनि उल्लेखनीय काम गर्न नसकेको हुदा जनताका गुनासाहरुलाई स्वभाबिक ठान्नु हुनेछ भन्ने हाम्रो बुझाई हो ,बिगत मा जस्तै आगामी दिनहरुमा पनि जिल्ला र देशको लागि अहोरात्र खटेर पर्बत तत्र पर्बतबाशी हरुको सिर उँचो पर्नु हुनेछ भन्ने हामीले आशा लिएका छौ l परिवारबाद नाताबाद र कृपाबाद भन्दा माथि उठेर जिल्लाको बिकाश निर्माणका लागि माननीय द्वारा गरिने हरेक क्रियाकलाब हरु प्रति हाम्रा नजर हरु सिधा लागि रहनेछन जिल्लाको बिकाशमा यहाको भूमिका एउटा राजनीतिक पार्टीका नेताको भन्दा माथि एउटा जिल्ला को अभिवाबक को रुपमा पर्बतबासीले देख्न पौने छन् तथा स्थानीय स्तर मा बिकाश निर्माणमा हुने अवस्था राजनीतिक प्रतिस्पर्धालाइ निरुसहित गर्न यहाको भूमिका समन्वयकारी हुनेछ l भन्ने पनि आशा गरेका छौ l
देशको संबिधान निर्माणको क्रममा रहेकाले माननीय द्वारा संबिधानसभा तथा संसदमा खेल्ने भूमिकाले समेत प्रत्यक्ष वा परोक्ष रुपमा पर्बत संग जोडिएकाले पनि तपाई को भूमिका देश र जनताका लागि एउटा नमुना बन्नु पर्छ l त्येसैले तपाइको भूमिका संबिधान सभा सदस्यका हैसियतमा संबिधान निर्माण मा तथा ब्यबस्थापिका संसद्को सदेश्य को रुपमा बिकाश निर्माण तथा जनता दैनिकीसंग नजिक हुने छ l भन्ने आशा र बिस्वाशका साथ l पर्बत युवा सेवा समाज कतार २०६९,
पर्वत युवा सेवा समाज कतार परिवार


                                                                       महास
चिब      अध्यक्ष                                                       दिल कुमार श्रेष्ठ                                         पूर्ण बहादुर नेपाली                                                                

दिलशोभाका पक्षमा विजयकुमारका ५ तर्क

Written By Ram Gurung on Saturday, March 1, 2014 | 3:48 PM

चर्तित टेलिभिजन कार्यक्रम प्रस्तोता विजय कुमारले दिलशोभा श्रेष्ठ 'यौन दुराचार' मा संलग्न भएको लान्छना र उनले सञ्चालन गर्ने आमाघरमाथि लागिरहेका आरोपका केस्रा केस्रा केलाउँदै विष्लेशण प्रस्तुत गरेका छन्। आजको कान्तिपुरमा प्रकाशित उनको आदि/इत्यादि स्तम्भमा एक पक्षिय टेलिफोन टेपकै भरमा उनी माथि आरोप लगाउनु गलत भएको जिकिर गरेका छन्। यस प्रकरणमा उठेका आरोप प्रत्यारोपबारे विजयकुमारका ५ तर्क निम्नानुसार छन्।
१) यौन दुराचार आरोपको मूलआधार दिलशोभाको 'टेलिफोन रेकर्डिङ' लाई बनाइएको छ । दिलशोभा श्रेष्ठले आवाज आफ्नै भएको स्विकार गरिसकिन् । तर यो पनि भनिन्, 'हो, म काम गर्नेलाई राती सुत्न पठाउँथे, तर एउटा अशक्त बृद्धासँग ।' टेलिफोन टेप गर्ने वा त्यसको हवाला दिएर समाचार लेख्नेले दिलशोभा श्रेष्ठको एकोहोरो आवाजको रेकर्डमात्र बजारमा ल्याएका छन् । लाइनमा अर्कोपट्टि को थियो ? कुन सन्दर्भमा कुरा भएको थियो ? भन्ने विचारै नगरि कसरी ठोकुवा गरियो कि टेलिफोन प्रसंग 'यौन दुराचारसित सम्बन्धित थियो भनेर ! छ कोही महावीर यो शहरमा, जसले दिलशोभाको एकोहोरो होइन दोहोरो यौनिक संवादको टेलिफोन टेप सुनाउन सकोस् । यदि छैन भने मन नलाग्दा-नलाग्दै पनि भन्नैपर्ने हुन्छ, हामीले 'यौन दुराचार' को हेडलाइन बनाउन धेरै हतारो गर्‍यौं ।
एकैछिनका लागि मानिलिउँ, कुनै महावीरले कथित 'दुराचार' प्रमाणित गर्ने रेकर्डिङ बजारमा ल्यायो रे । त्यस अवस्थामा पनि दिलशोभाका निम्ति 'यौन दुराचार' शब्दको प्रयोग भाषिक दृष्टिकोणले सरासर गलत र कानुनी हिसाबले बचकाना हुन्छ । त्यस अवस्थामा यो आरोपलाई 'देहव्यापार वा मानव बेचबिखन' शिर्षक अन्तर्गत राखिनु पर्थ्यो । भाषागत हिसाबबाट त्यो शब्दावलीको प्रयोगले बताउँछ, हाम्रो पत्रकारिता शब्द चयनमा कति गरिब छ भनेर । शब्द चयनको दरिद्रताले शंका जन्माउँछ, आरोपको छनौटमा पनि कतै हामी चुक्यौ कि ?
मलाई थाहा छ, पत्रकारले विमानचालकको जस्तो आचारसंहिता पालन गर्न सम्भव हुँदैन । विमानचालकको आचारसंहितामा भनिएको हुन्छ, 'तिम्रो पहिलो गल्ती नै जीवनको आखिरी गल्ती हुनेछ ।' पत्रकारितामा काम गर्दै जाँदा गल्ती हुन्छन् । मबाट पनि अन्जानमा भए होलान् । तर, व्यावसायिक पत्रकारितामा कुनै साधारण नागरिकको इज्जतसित जानाजान रत्यौली गरिएको छ भने त्यो पत्रकारको आखिरी गल्ती हुनुपर्छ । यो पेशाको मर्यादाले पटकपटक गल्ती गर्ने छुट दिदैन । 
दिलशोभा श्रेष्ठमाथि प्रथम पृष्ठको हेडलाइनमा लगाइएको यौन दुराचारको आरोप कुनै साधारण आरोप होइन । राजनीतिक नेता वा कर्मचारीमाथि बेलाबखत लगाइने हलुका वा भारी आरोपजस्तो पनि होइन यो । यदि आरोप प्रमाणित हुन्छ भने दिलशोभालाई कानुनमा लेखिएभन्दा बढि सजाय हुनुपर्छ । किनभने त्यस अवस्थामा उनले असंख्य मानिसको आस्थामा कुठाराघात गरेको दण्डसमेत सजायमा जोडिनुपर्ने हुन्छ । तर यदि कथित 'यौन दुराचार' प्रमाणित भएन भने के ? यो प्रश्नले धेरैलाइ चिमोटिरहेको छ । सबैले बडो गहिरो तवरले बुझ्न जरुरी छ, मानिसको अन्तिम सम्पत्ति भनेको उसको अस्मिताको मर्यादा हो । यसमाथि अकारण हस्तक्षेप बलात्कार हो ।
२) आरोप प्रकाशमा आएको भोलीपल्टदेखि 'टेलिफोन टेप' प्रसंगको उल्लेख हुनै छाड्यो । किन ? २४ घन्टा पनि टिक्न नसक्ने त्यो कस्तो टेप हो ? यो प्रश्नको उत्तर यस प्रसंगमा मात्र होइन, भविष्यका लागि पनि अपरिहार्य छ । यदि टेलिफोनको प्रसंग काल्पनिक थियो भने अब भविष्यको नेपाली पत्रकारितामा टेलिफोन रेकर्डिङका आधारबाट उत्पादित सबै सामग्रीको विश्वसनियतामाथि एकपटक शंका गर्नुपर्ने हुन्छ । यो शंकाले गर्दा भविष्यमा अडियो रेकर्डिङको माध्यमबाट गरिने कुनै पनि वस्तुगत खोजमुलक पत्रकारिता अपाङ र अविश्वसनिय मानिने स्थिति सिर्जना भएको छ । त्यसैले दोहोर्‍याएर सोध्न चाहन्छु, छ कोही महावीर जसले यौन दुराचार प्रमाणित गर्ने टेप सुनाओस ! यदि त्यो टेप सुनाउन सकिदैन भने सजिलै भन्न सकिन्छ केही गडबड छ । आज टेप सुनाउन नसक्नेले भोली फेरि कुनै नयाँ 'आइटम डान्स' बजारमा ल्याउला । अतः नेपालमा कुनै पनि टेपको विश्वसनियता जाँच्ने उच्चस्तरिय प्रयोगशाला स्थापित गर्नु र अनधिकृत 'टेलिफोन ट्यापिङ' सम्बन्धी कानुन बनाइनु अपरिहार्य भएको छ । बेलायतमा सन अखबारका कैयांै मानिस टेलिफोन ट्यापिङ प्रसंगमा जेल परे । लाज मानेर पत्रकारले राजिनामा दिए । बिश्व सञ्चार जगतका बादशाह भनिने रुपर्ट मर्डोकलाई बेलायती संसदीय समितिले घन्टौं बयान लियो ।
३) अब दोस्रो पाटो । दिलशोभा श्रेष्ठको बृद्धाश्रममा राखिएका बालबालिकाको पाटो । अनुमति नलिइ बालबालिकालाई आपmनो बृद्धाश्रममा आश्रय दिएर गल्ती भएको उनले खुदै स्विकारी सकिन् । उनले बालबालिकालाई उचित मापदण्डअनुसार पाल्न सकिनन् होला । राम्रोसँग पालनपोषण गर्न सकिनन् तर  दुखम-सुखम भए पनि आश्रय त दिइन भन्ने कुरा बिर्सन मिल्दैन । 
अंग्रेजीमा मोटामोटा 'प्रपोजल' लेखेर डलर ल्याउन सक्ने आश्रयस्थलको तुलनामा दिलशोभाको घर र वातावरणको मापदण्ड ज्यादै निम्न स्तरको छ । फोहोर पनि छ । तर जो बृद्धबद्धा सडकमा फालिएका थिए, जसको जाने ठाउँ कतै थिएन, त्यो दिन तिनका निम्ति मापदण्ड नपुगेको त्यही फोहोर आमाघर नै ठुलो कुरा थियो । कुन मापदण्डमा कसले कसलाई कसरी नाप्ने ? के आज औसत नेपालीका बच्चा त्यही मापदण्डअनुसार हुर्किएका छन्, जो हाम्रो बालअधिकार नियम-कानुनले भन्छ अथवा पाँचतारे बालअधिकार गोष्ठीले भन्छन् ! आज यो मापदण्ड खोज्नेले भोली नेपालमा बच्चा जन्माएर बर्षौ अरबको खाडीमा हराउनु पर्ने बाध्यता बोकेका मातापिताले 'बच्चाप्रति स्नेहको मापदण्ड' पुरा गरेनन् भन्ने आरोप पनि लगाउलान् । मापदण्ड कसले पुरा गरेको छैन ? बाध्यतामा खाडी गएका मातापिताले वा हाम्रो समाज र सरकारले ? आफ्ना नागरिकलाई दुई छाक खान दिन नसक्ने सरकार र समाजमा मापदण्डका ठुल्ठुला कुरा शोभा दिदैन।
म जान्न चाहन्छु- मापदण्ड कसले पुरा गरेको छ ? दिलशोभाको फोहोर आश्रयस्थलले त मापदण्ड पुरा गरेन, मैले मानंे । उनले पन्ध्रौ बर्षदेखि सडकमा फालिएका बृद्धबृद्धालाई छानो र खस्रो खानामात्र दिइन् । प्रशासनको नजरमा वा इष्र्यालु एनजिओका खुराफातीहरुको नजरमा त्यसले मापदण्ड पुरा गरेको छैन होला । तर जुन देशमा अनगन्ती बच्चा कुपोषणका सिकार छन्, जुन देशका सडक गरिब र असक्त माग्नेहरुले भरिएको छ, त्यो देशको गृह प्रशासनलाई बालअधिकार मापदण्डका ठुल्ठुला कुरा गर्न सुहाउँछ ?  
४) अहिले नेपालमा कसै-कसैलाई बालअधिकार मापदण्डको मौसमी ज्वरो आएको छ । हाम्रो गृह प्रशासनले पनि दिलशोभाको आमाघरबाट ३४ जना बालबालिकाको 'उद्धार' गरेको छ । उद्धार गरिंदाको अवस्थामा खिचिएको तस्वीरमा बालबालिकाले जाडोको मौसममा ज्याकेट, स्वेटरसम्म लगाएकै देखिन्छ । उद्धार गरेर तिनलाई कुनै दर्तावाल एनजिओमा लगिएको छ । तिनीहरुले अहिलेको भन्दा राम्रो वातावरणमा हुर्कन पाए सबैभन्दा खुसीको कुरा हुनेछ । तर आज म एउटा प्रश्न राष्ट्रसमक्ष र बिशेष गरि बालबालिका हितको निम्ति काम गरेको दावी गर्ने सबैसँग राख्न चाहन्छु । यो प्रश्नको जवाफ मलाई होइन, आ-आफ्नो विवेकलाई दिए पुग्छ । 
बालअधिकार मापदण्डबारे प्रशासन र बालअधिकारवादीको चिन्ता सक्कली हो भने- देशका सडकमा यति धेरै बालबालिका र बृद्धबृद्धा कठाङगि्रएर भोकभोकै किन बसेका छन् ? दिलशोभाको घरमा भएका बालबालिकालाई उद्धार गरियो, राम्रो भयो । तर दिलशोभाको घरभन्दा धेरै दुःखद अवस्थामा रहेकाको सडकबाट उद्धार गरिनु पर्छ कि पर्दैन ? जबसम्म यो प्रश्नको उत्तर आउँदैन, तबसम्म नेपालमा मापदण्डको बखान एक भद्दा मजाकबाहेक केही हुने छैन । मापदण्डका जाँचकीहरुले यो आलेख पढेपछि सडकमा कुनै असहाय बृद्धबृद्धा वा माग्ने बालबलिका देख्नु भयो भने कृपया यो नभनिदिनु होला, 'सडकमा नै मापदण्ड पुगेकाले यिनिहरुलाई यतै सुताइएको हो ।'       
५) दिलशोभा प्रकरणमा रमेश खरेलजस्ता काबिल र विवेकशील अधिकृतको मातहत अनुसन्धान भइरहेको छ । कथित 'यौन दुराचार' वा अन्य मामिलामा दोषी ठहरिए अदालतले सजाय देओस् । तर यदि आरोप प्रमाणित भएन भने ? दिलशोभा 'यौन दुराचारी' प्रमाणित भइनन् भने ?

वामदेवबारे एकमत छौं : एमाले नवौं महाधिवेशन वैसाखमा नहुने

Written By Ram Gurung on Thursday, February 20, 2014 | 11:02 PM

८ फागुन, काठमाडौं ।
 नेकपा एमाले स्थायी कमिटीको बैठकले वामदेव गौतमलाई कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्री बनाउने निर्णयमा अडिग रहने निर्णय गरेको छ ।
सुशील कोइराला नेतृत्वको सरकारमा उपाध्यक्ष गौतमलाई पार्टीको तर्फबाट नेतृत्व गराउने यसअघिको स्थायी कमिटीको निर्णय यथावत राख्दै स्थायी कमिटीले सात बुँदे सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने अडान पुनः दोहोर्‍याएको छ ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको स्थायी कमिटीको बैठकले शनिबार बस्ने केन्द्रीय कमिटीको बैठकका लागि एजेन्डा पनि तय गरेको छ ।
उपाध्यक्ष गौतमलाई सरकारमा पठाउने विषयमा पार्टीका नेताहरुबीच मतभेद र विवाद रहेको कुरा बाहिर आएपछि स्थायी कमिटी बैठकले त्यसबारे कुनै मतभेद नभएको निष्कर्श निकालेको छ ।
‘सरकार निर्माणका लागि कांग्रेससाग भएको ७ बुादे सहमति कार्यान्वयन भएमात्र सरकारमा जाने निर्णय भएको छ’, एमाले सचिव शंकर पोखरेलले भने, ‘वामदेव गौतमलाई सरकारमा पठाउने बारेमा पार्टी भित्र कुनै मतभेद रहेको निष्कर्श पनि निकालिएको छ ।’
उपाध्यक्ष गौतमलाई गृहमन्त्री हुनबाट रोक्न पार्टीकै केही जिम्मेवार नेताहरु लागिरहेको कुरा सञ्चारमाध्यममा आइरहेका बेला स्थायी कमिटीको बैठकले गौतमलाई सरकारमा पठाउने निर्णयबारे नेताहरुले एकमत जाहेर गरेका थिए ।
पार्टीको नवौं महाधिवेशनको मिति वैसाखबाट पछि सार्ने निष्कर्श स्थायी कमिटी बैठकले निकालेको छ । एक महिनाअघि बसेको स्थायी कमिटी बैठकले वैसाख ९ बाट काठमाडौंमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
शनिबार बस्ने केन्द्रीय कमिटीमा बैठकमा महाधिवेशन पार्टीका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको स्मृति दिवस जेठ ३ गते उद्घाटन गर्ने प्रस्ताव लाने निष्कर्श स्थायी कमिटीले निकालेको छ ।
एमालेभित्र पार्टीको नवौं महाधिवेशनअघि देशमा स्थानीय निकायको चुनाव गर्नुपर्ने आवाज सशक्त हुादै गएको छ । पहिले स्थानीय निकायको चुनाव गरेरमात्र पार्टीको महाधिवेशन गर्न कार्यकर्ताबाट पनि दबाब आएपछि महाधिवेशनको मिति पछि सार्ने निष्कर्शमा एमाले पुगेको हो ।
शनिबार बस्ने केन्द्रीय कमिटि बैठकले महाधिवेशनबारे ठोस निर्णय गर्ने बताइएको छ । एमालेले महाधिवेशनका लागि अहिलेसम्म वामदेव गौतमको संयोजकत्वमा विधान मस्यौदा समितिमात्र गठन गर्न सकेको छ । महाधिवेशन आयोजक समिति निर्माणसम्बन्धी निर्णय पनि शनिबार बस्ने केन्द्रीय कमिटि बैठकले टुंगो लाउने बताइएको छ ।

स्थानीय समाचार

See More News »

राष्ट्रिय समाचार

See More News »
 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi